चिया पसलमा मालपोतका हाकीमको वार्गेनिङ अड्डा, ५ लाखसहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले पक्राउ गरेको छ। सेवाग्राहीसँग घुस लिएको रकमसहित आज बिहान झालाई पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकबाट झालाई पक्राउ गरेको हो। उनले चिया पसलमा वसेर सेवाग्राहीसँग ५ लाख रकम लिएको आयोगले जनाएको छ।
झाले सेवाग्राहीसँग पैसा लिदै गरेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनिमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए।