News

जस्ले हँसियाले रेटेर श्रीमानको हत्या गरिन र आत्मसमर्पण गरिन्

जस्ले हँसियाले रेटेर श्रीमानको हत्या गरिन र आत्मसमर्पण गरिन्

सामान्य विवादले कहिलेकाही अकल्पनीय दुर्घटना निम्त्याउँछ। विवाद उत्कर्षमा पुगेपछि हात हालाहालको अवस्था आउँछ र दुर्घट्नावस एक पक्षको मृत्यु हुनछ। यस्ता कयौं घट्ना समाजमा भेटिन्छन्।

यो अवस्थामा एकातर्फ नचाहाँदा–नचाहाँदै आफनै कारणले अर्को पक्षको ज्यान गएको पीर, अर्कोतर्फ कानुनको फन्दामा परिने डरले अधिकांश मानिसले रोज्ने विकल्प हो, प्रहरीको हात लाग्नु अघि नै भाग्नु। अधिकांश यस्ता घट्नामा हामीले देख्दै आएको पनि यही नै हो। प्रहरीले कयौं दिन लगाएर त्यस्ता अभियुक्तलाई पक्राउ गरेको र मुद्दा चलाएका घट्ना प्रशस्तै छन्।

तर, कैलालीमा एक महिला श्रीमानकै हत्या गरेर आत्मसमर्पण गर्न प्रहरी कार्यालय पुगेकी छिन् । घरयसी विवादमा कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हत्या गरेकी थिईन। हँसियले हानेर उनले नारायणको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घट्नापछि फुमा आफै इलाका प्रहरी कार्यालय पण्डौनमा पुगिन र ‘मैले श्रीमानको हत्या गरे’ भन्दै आत्मसमर्पण गरिन्। उनी स्वयम उपस्थित भएपछि नारायणको हत्या भएको प्रहरीले जानकारी पाएको डीएसपी वेदप्रकाश जोशीले बताए ।

‘सोमबार बिहान फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे थाहा भयो’ उनले भने, ‘घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली पठाईएको छ।’

फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनाको थप विवरण अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
 

हत्या

विशेष