स्थानीय तहको निर्वाचन सर्न सक्ने यस्ता छन् आधार
देश आर्थिक रुपमा संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको छ। तर, यसलाई सुधारको बाटोमा कसरी लाने भन्नेमा कसैको ध्यान पुगेको छैन। वरु यसैवेला राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेर सरकर खुसियाली मनाईरहेको छ।
प्रतिपक्षले देशको अवस्था श्रीलंका जस्तो हुन लागेको भन्दै त्रास फैलाउने अनि सत्ता पक्षले त्यसको ढाकछोप गर्दै ‘हैन हामी त्यो अवस्थामा पुगीसेका छैनौ’ भन्दै पर्खेर वसिरहेको अनुभव हुन थालेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजै मात्र देशको ढिकुटी रित्तिएको र अव सरकारकले वृद्ध भत्ता तथा कर्मचारीको तलव रोक्यो भन्ने अनौठो नहुने अभिब्यक्ति दिए ।
तर, त्यसलाई मुख्यसचिव शंकरदास वैरागीले खण्डन गरे। मुलुकको अर्थतन्त्र बाहिर सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो नभएको दाबी उनको छ। उनले ‘मुलुकको आर्थिक अवस्था बाहिर छापामा आएजस्तो डरलाग्दो होइन, हामीले यस्तो गलत सन्देश पटक्कै दिन हुँदैन’ भन्दै विश्वास दिलाउने प्रयास गरे।
बैरागीले शान्त्वना दिने प्रयास गरेपनि यथार्थ लुकाएर कति दिन लुक्छ। जतिनै प्रयास गरेपनि डोकाले छोपेर कतिदिनसम्म अँध्यारो पार्ने ? विदेशी विनिमयको सञ्चिति निरन्तर घटेर करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बिलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न र विदेश जाने नागरिकलाई दिइने सटही सुविधा २ सय डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।
यही अवस्थालाई चित्रण गर्दै भारतीय मिडियाले त नेपालमा भयानक आर्थिक संकट उत्पन्न भएको भन्दै रिपोर्ट प्रशारण गरिरहेका छन्। नेपाल निकट भविष्यमा नै श्रीलंकाको बाटोमा जाने उक्त रिपोर्टको निस्कर्ष छ । न्युज २४ नामक एक भारतीय टेलिभिजनले ‘नेपालको विदेशी मुद्रा कोष खाली हुन लागेकोले नेपालमा श्रीलंका जस्तै भोकमरीको अवस्था आउन सक्छ । त्यसको लक्षण देखा पर्न सुरु भइसकेको छ’ भन्दै रिपोर्ट प्रसारण गर्यो।
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा अत्याआवश्यक बाहेकका विलासी वस्तुहरुमाथि आवधिक रोक लगाएको विषयलाई रिपोर्टमा प्रस्तुत गरिएको छ । नेपालीहरु भोक र प्यासले तड्पिरहेको दावी गर्दै समाचारमा नेपाल श्रीलंकाजस्तै बर्बादीतिर धकेलिएको समाचारमा उल्लेख छ । टेलिभिजन प्रस्तोताले भनेकी छिन्–‘नेपालमे भुकमरीके चिंगारी भडक्ने लगे हे । नेपालका विदेशी मुद्राकोष खाली होने लगा है । तस्वीर साफ है, नेपाल भुक और प्यास से तडपने लगा है । नेपालकी सडको पर भुककी आग लगने लगि है । नेपालमै त्राहीमाम मच्ने बाला है । किसी वक्त नेपालमै बरवादीका बम फट सक्ता है ।’
उक्त टेलिभिजनले देखाए जत्तिकै कहाली लाग्दो त नहोला तर, देशको आर्थिक अवस्था ठिक छैन भन्ने कुरामा कसैको पनि दुई मत छैन। यद्यपी, देशको यस्तो डरलाग्दो अवस्थामा पनि सरकारी स्तरका विदेश भ्रमणमा मन्त्री, सचिव, सहसचिव लगायतका अधिकारीहरुको मोह वढेको छ। उनीहरु विदेश भ्रमणका लागि तँछाडमँछाड गरिरहेका छन् ।
राष्ट्रिय स्तरमा बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचन पनि होला की नहोला भन्ने द्विविधा उत्पन्न हुन थालेको छ। सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्धारित स्थानीय तहको निर्वाचन रोकिन पनि सक्ने संकेत गरिसकेका छन् ।
नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ‘चुनावको विषयमा भोली जे होला–होला तर अहिले हामी तयारीमा जुटौं । वैशाख ३० गतेको तयाराीमा जुटौं । मान्छेहरु के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौं’ भन्दै चुनावको निश्चिततामाथि आशंका गरे।
नेता नेपालको भनाईले पनि श्रीलंकामा कागज किन्ने पैसा नभएर परिक्षा रोकिए जस्तो नेपालमा पनि चुनाव नरोकिएला भन्न सक्ने अवस्था छैन। ‘संवैधानिक ब्यवस्था ठूलो की अर्थब्यवस्था ?’ भन्ने विषयमा वहस हुन थालेका छन् । एक कानुन ब्यवसायी भन्छन्–‘चुनाबको लागि विदेशी सहयोग आउने/नआउने द्विविधा छ। आफनै श्रोत र साधनले सवै धान्नसक्ने अवस्था छैन। यसका वैकल्पिक उपाय खोज्दा नै उत्तम होला।’ उनले अध्यादेश मार्फत स्थानिय तहको म्याद थप गर्ने विषयमा पनि छलफल हुनुपर्ने धारणा ब्यक्त गरे।
यस्तो छ श्रीलंकाको अवस्था
टापु राष्ट्र श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकटमा छ। २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर पारेको छ। राजधानी कोलोम्बोसहित विभिन्न सहरमा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारविरूद्ध प्रदर्शनहरू भइरहेका छन्।
आर्थिक संकटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेको छ। परीक्षा रोकिँदा ४५ लाख विद्यार्थीले यस वर्षको परीक्षा दिन नसक्ने सम्भावना बढेको छ। वस्तु आयात गर्न डलरको अभाव छ । विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित भएको छ । श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।
श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एउटा पर्यटन हो। सन् २०१५–१६ पछि आतंकवादका कारण श्रीलंकामा पर्यटनको आवागमन घट्न थाल्यो। तीन वर्षअघि इस्टर सन्डेका दिन कोलोम्बोका चर्च र पाँचतारे होटलमा भएको आतंकवादी हमलापछि त पर्यटक आउने क्रम रोकिएजस्तै भयो।
सन् २०१९ को अन्तबाट कोरोनाभाइरसको महामारी फैलियो। कोरोनासँगै विश्वभरका अर्थतन्त्रमा धक्का लाग्यो। कोरोनाको संक्रमण रोक्न महिनौंसम्म प्रतिबन्धहरू लगाइए। श्रीलंकामा पर्यटनको मुहान नै सुक्यो।
श्रीलंका अहिलेको अवस्थामा पुग्नुमा आतंकवादी हमला र कोरोनाको असर वाहेक श्रीलंकाले चीनलगायत मुलुकबाट लिएको ऋण पनि प्रमुख हो। श्रीलंकाले ऋण लिएर ठूला–ठूला परियोजना बनाएको थियो। ती परियोजना बनाउन लिएको ऋणको किस्ता वर्षेनी तिरिरहनुपर्छ।
यो पनि,
- एमालेको पत्रकार सम्मेलनले भ्रम फैलियो, त्रासमा सर्वसाधारण
- पेट्रोलको लाईनमै दुई जनाको मृत्यु, यसरी डुब्यो श्रीलंका