News विदेश

श्रीलंकाको घोषणाः विदेशी ऋण तिर्न सक्दैनौं

श्रीलंकाको घोषणाः विदेशी ऋण तिर्न सक्दैनौं

श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ। श्रीलंकाको अर्थ मन्त्रालयले आन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने र देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न आपतकालीन उपाय अपनाइने जनाईएको छ।

मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । श्रीलंकाको आर्थिक अवस्था हाल गम्भीर संकटमा छ। सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न सकेको छैन। राजधानी कोलम्बो सहितका सडकमा हजारौंको संख्यामा आम नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् ।

२ करोड भन्दा धेरै जनसंख्या भएको श्रीलंकामा यतिबेला दैनिक उपभोग्य वस्तु पनि प्रवाह हुन सकिरहेको छैन । मंगलबार विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई लिएर टिकाटिप्पणी भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएएमएफ) ले अनुदान घोषणा गर्नुअघि नै श्रीलंकाले यसरी ऋण नतिर्ने जनाएको हो ।

यसैबीच चीनसँग थप ऋण सहायता माग गरेको श्रीलंकाले मंगलबार भने विज्ञप्ति जारी गर्दै विदेशी ऋण तिर्न नसक्ने जनाएको हो । बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको विज्ञप्तिमा उल्लेख छ। 

श्रीलंकाले हाल ठूलो मात्रामा आयात रोक्नुका साथै विदेशी मुद्रा सिञ्चिती जोगाउने उपाय खोजिरहेको छ। 
 

विदेशी ऋण श्रीलंका आर्थिक संकट

विशेष