News राजनीति

भरतपुरमा गठबन्धन विरुद्ध उम्मेदवारी दिने कांग्रेसका वडा सभापतिहरुको निर्णय

भरतपुरमा गठबन्धन विरुद्ध उम्मेदवारी दिने कांग्रेसका वडा सभापतिहरुको निर्णय

कांग्रेस सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफनै निर्णय कार्यान्वयन गराउन महाभारत भएको छ। पार्टीका स्थानीय संगठनले विद्रोह गर्न थालेपछि स्थानीय तह निर्वाचनमा गठवन्धन गर्ने निर्णय कार्यान्वयन गराउन उनीहरुलाई समस्या भएको हो।

केन्द्रीय सहमति विपरित नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकामा गठवन्धन नमान्ने निर्णय गरेका छन् । उनीहरुले कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी पनि गरेका छन् ।

जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । यदि कुनै पदमा तालमेल गरी अरु दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

‘मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जनानै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो’– वैठकको निर्णयमा भनिएको छ।

उनीहरुले उक्त निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका छन् । 
 

भरतपुर महानगरपालिका

विशेष