News

लेटाङ घट्नाः महिला प्रहरीको हत्यामा संलग्न बालक अभिभावकको जिम्मामा

लेटाङ घट्नाः महिला प्रहरीको हत्यामा संलग्न बालक अभिभावकको जिम्मामा

महिला प्रहरी २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या गरिएको लेटाङ घटनामा संलग्न एक नाबालकलाई अदालतले परिवारको जिम्मा लगाउन आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलसले मंगलबार १४ वर्षिय नाबालकलाई अविभावकको जिम्मा लगाउने आदेश दिएको हो।

कर्तब्य ज्यान मुद्दामा मुद्दा चलाईएका उनी घटनास्थल भएको ठाउँ शिक्षा माध्यामिक विद्यालयका विद्यार्थी समेत हुन् । प्रहरीले उक्त घट्नामा १ नाबालक र एक महिलासहित २१ जना विरुद्ध मुद्दा चलाएको थियो। प्रहरीको प्रस्तावित राय कर्तव्य ज्यानमा मुद्दा चलाउन भनिएकामध्ये ३ जना फरार छन् । ५ जना नाबालकलाई भने अभद्र व्यवहारको मुद्दा चलाईएको छ।

लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक विजय पौडेलले चैत ४ गते शुक्रबार फागु पूर्णिमाको दिन घरमै पुगेर कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन दुर्ब्यवहार गरेको घट्ना चैत ६ गते सार्वजनिक भएको थियो। घट्ना सार्वजनिक भएपनि स्थानीयवासी आन्दोलित भएका थिए। आरोपीत शिक्षलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रण गर्दा महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो ।

घटनामा ती नाबालक संलग्न भएको पुष्टिसहित प्रहरीले आजीवन कैदको माग गर्दै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। तर, अदालतले उनी नाबालक भएको भन्दै अभिभावकको जिम्मा लगाउन आदेश दिएको श्रेष्तेदार टिकेन्द्रवीरजङ राणाले बताए ।

प्रहरीले थप २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा चलाएको छ। उनीहरुलाई बुधबार अदालत समक्ष उपस्थित गराई जिल्ला सरकारी वकिल कार्यालयले बयान लिएर थुनछेकको बहस सुरु गर्ने तयारी गरेको छ । प्रहरीले ५६ जनालाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन राय दिएको छ । 

प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालत बुझाइएका थपमध्ये लेटाङ ५ का ४८ वर्षीय चन्द्र तामाङ भनिने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भनिने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदीप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संजय मगर रहेका छन् ।

त्यसैगरी छिमेकी मिक्लाजुङ गाउँपालिका २ घर भई लेटाङ ५ मा बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भनिने जस्विन पाख्रिन, सनिल लिम्बु, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादव छन् ।

उनीहरुमध्ये केही प्रहरी जवान मारिएको घटनामा नभई विद्यालयको तोडफोडमा मात्र संलग्न भएको पुष्टि भएकाले अभद्र व्यवहारमा मुद्दा सर्ने स्थिति रहेको अदालतले जनाएको छ। प्रहरी जवान श्रेष्ठको हत्या भएको घटना भने विद्यालयदेखि करिब डेढ किलोमिटर दक्षिणमा छ। घट्नापछि मोरङ प्रशासनले चार दिन लेटाङमा कर्फ्यूसमेत लगाएको थियो । 

यो पनि

लेटाङ

विशेष