News

लेटाङ घट्नामा नयाँ खुलासाः महिला प्रहरीको गोली हानेर हत्या !

लेटाङ घट्नामा नयाँ खुलासाः महिला प्रहरीको गोली हानेर हत्या !

मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलासा भएको छ। कोशी अस्पताल विराटनगरमा गरिएको पोष्टमार्टमो रिपोर्टमा श्रेष्ठको गोली लागेर मृत्यु भएको उल्लेख छ।

चैत ६ गते भएको हिंसात्मक झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धारिलो हतियार प्रहारबाट मृत्यु भएको बताइएको थियो । तर, पोस्टमार्टम रिर्पोटमा उनको गोली लागेर मृत्यु भएको खुलेको हो ।

पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ भन्ने उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनमा पनि श्रेष्ठको शरीरबाट गोली निकालिएको उल्लेख छ ।

श्रेष्ठमाथि लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला परीक्षण गर्दा त्यो प्रहरीको हतियारबाट निस्केको गोलीसँग मिलेको छैन। प्रहरीले त्यसदिन तीन वटा हतियारबाट हवाई फायर गरेको उल्लेख गरेको थियो। ति तिनै हतियारको गोलीसँग प्रहरी जवानको शरिरबाट निकालीएको गोली मेल खाएको छैन।

प्रदर्शनकारीबाटै प्रहरीमाथि गोली चलाइएको देखिन आएको प्रहरी अनुन्धानबाट खुलेको छ । घटनामा संलग्न भएको आरोपमा हालसम्म प्रहरीले ६३ जना पक्राउ गरेको छ। जसमध्ये १६ जना बालबालिका छन् ।

१५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको बताइएको छ । एक जना बालकलाई जिल्ला अदालतले परिवारको जिम्मा लगाउने आदेश दिएको छ।

यो पनि

लेटाङ

विशेष