News विदेश

झारखण्डमा केबलकारमा अड्किएका १५ जनाको उद्धार भएन, तीन जनाको मृत्यु

झारखण्डमा केबलकारमा अड्किएका १५ जनाको उद्धार भएन, तीन जनाको मृत्यु

भारतको झारखण्डमा केबलकारमा आईतवारदेखि अड्किएका १५ जनाको उद्धार हुन सकेको छैन। केवल कारका दुई ट्रली ठोक्किपछि अन्य ट्रली पनि जहाँको त्यही अड्किएका छन्। ट्रलीबाट खसेर अहिलेसम्म तीन जनाको मृत्यु भईसकेको छ। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्यसपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका छन्।

अहिले ५ वटा ट्रलीमा १५ जना अड्किएका छन्। केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म उद्धार हुन सकेको छैन। अड्किएकाहरुमा पर्यटक र  एक जना एयरफोर्सका जवान छन्। अड्किएका पर्यटकको उद्धार गर्ने क्रममा एयरफोर्सका एक जना जवान पनि ट्रलीमा फसेका जनाईएको छ।

२० नम्बरको ट्रलीमा बच्चासहित ५ जना, १९ नम्बर र ७ नम्बर ट्रलीमा २–२ जना, ६ नम्बर ट्रलीमा २ बच्चासहित ५ जना र ४ नम्बर ट्रलीमा एयरफोर्सका जवान फसेका छन्। सुरक्षाकर्मीले हालसम्म ट्रलीमा फसेका ४८ मध्ये ३३ जनाको उद्धार गरेका छन। 

ड्रोनको सहायताले खाना र पानी पु¥याइएर उनीहरुको ज्यान वचाउने काम भईरहेको छ। भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। 

विशेष