News

भ्रष्टाचारीको मुखै नहेर्ने ओलीका उम्मेदवार ‘अख्तियारले डामेका’

भ्रष्टाचारीको मुखै नहेर्ने ओलीका उम्मेदवार ‘अख्तियारले डामेका’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भन्ने उनको भनाई निकै लोकप्रियो भयो। गोकुल वास्कोटा, विष्णु पौडल, यती र ओम्नी लगायतका प्रकरण वाहिर आएपछि विपक्षीहरुले ओलीको उक्त भनाई प्रति निकै ब्यंग्य गरे।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा पनि यती र ओम्नी काण्डमा भएको अनियमितता उजागर भयो। महालेखा परीक्षकको विभागले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदनमा अनियमितताका अरू थुप्रै उदाहरणसहित यति र ओम्नी काण्डको उल्लेख गरिएको छ । यी दुवै काण्डमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रत्यक्ष जोडिएका छन्।

उपप्रधानमन्त्री पोखरेल नेपाल ट्रस्टको अध्यक्ष रहेका बेला गोकर्णस्थित करिब २८ सय रोपनी जमिन यती नामक व्यापारी समूहलाई प्रतिस्पर्धा नै नगराई लिजमा दिइएको र कोभिड–१९ सुरु भएपछि पोखरेलकै अग्रसरतामा स्वास्थ्य सामग्री खरिदका लागि प्रक्रिया मिचेर ओम्नी नामको अर्को व्यापारी कम्पनीलाई ठेक्का दिँदा अनियमितता भएको विषय त्यसमा उल्लेख थियो।

यी घट्ना वाहिर आएपछि भ्रष्टाचारीलाई संरक्षण गर्ने ओलीले ‘मुखै हेर्दिन’ भन्नुको मतलव ‘अरु काम चै सवै गर्छु’ भन्न खोजेका रहेछन भनेर भरमार उडाईयो। प्रकारन्तरमा ओली र उनको पार्टी नेकपा एमाले भ्रष्टारीको संरक्षक नै रहेछ भन्ने प्रमाणित हुन थालेको छ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटका क्रममा यस अघि पनि भ्रष्टाचारमा डामिएकाहरु नै अग्रपंक्तिमा पर्नुले एमालेलाई भ्रष्टाचार र गुण्डागर्दीको आदत परेको हो की भन्ने आशंका उत्पन्न हुन थालेका छन् । त्यसको पछिल्लो उदहरण भएका छन् धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षका लागि उम्मेदवार वनेका डम्बरबहादुर राउत।

गाउँपालिका अध्यक्ष रहेका राउतले ०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग आठ लाख रुपैयाँ घुस लिएको आरोप छ। महेन्द्रनगरमा ठेकेदारबाट लिएको घुस रकम लिएर घर फर्कंदै गर्दा अख्यितरको टोलीले पछ्याएपछि उनी बाटैमा पैसा फालेर भागेका थिए। केही रकम उनी सवार सरकारी गाडीबाट बरामद भएको थियो। अख्तियारको टोलीले घुस रकमसहित अध्यक्ष चढेको गाडीका चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिए पनि अध्यक्ष राउत फरार भएका थिए।

राउतविरूद्ध राजनीतिक दबाबले गर्दा अख्तियारले मुद्दा थप अगाडि नबढाएको आरोप पनि छ। उनी रघुवीर महासेठनिकट मानिन्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका उनै राउतलाई एमालेले फेरी पनि अध्यक्षको उम्मेदवार वनाएको हो। 

एमाले गाउँपालिका कमिटीले उनलाई सर्वसम्मतरुपमा पालिका अध्यक्षको उम्मेदवार घोषणा गरेको छ। उम्मेदवारीका लागि एमालेका पालिका अध्यक्ष रामखेलावन महतो, हिरालाल महतो, श्याम महतो, दिलिप लामा, रामपुकार महतोलगायतले पनि दाबी गरेका थिए।

तर एमाले गाउँ सचिवालय समितिका अधिकांश सदस्य राउतको पक्षमा उभिएपछि अरु पछि हटेको नेता हिरालालले बताए। 
 

विशेष