News

एमालेले भ्रष्टाचारीलाई बोक्न थालेपछि, इमान्दारहरु आँसु झार्दै पार्टी छोड्दै !

एमालेले भ्रष्टाचारीलाई बोक्न थालेपछि, इमान्दारहरु आँसु झार्दै पार्टी छोड्दै !

नेकपा एमालेले इमान्दर कार्यकर्तालाई पाखा लगाएर भ्रष्टाचारी, ठेकेदार र गुण्डाहरुलाई बोक्न थालेपछि अध्यक्ष केपी शर्मा ओलीकै गृह जिल्लाका एक नेताले पार्टी छोडेका छन्। झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्वार  सिफारिसमा नपरेपछि जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् ।

३१ वर्षसम्म निरन्तर पार्टीको काम गर्दा पनि अवसर पाउनुको सट्टा आफुमाथि अवमुल्यन गरेर अवसरबाट वञ्चित गरिएको उनको आरोप छ। पार्टी छोडेको घोषणा गर्न पत्रकार सम्मेलन गरेका घिमिरेले रुदै भने–‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’

पार्टीमा जीवन विताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको भन्दै उलने ‘कसैलाई थपि थपि जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमाले नेतृत्वबाट भएको छ’ भने।

अन्याय सहेर पार्टीभित्र वस्नु भन्दा स्वतन्त्र बामपन्थीका रुपमा बस्ने र तत्काल अरु पार्टीमा नजाने पनि उनले बताए । अर्कोतर्फ नेताको झोले भएकै कारण अख्तियारले डामेकालाई पनि एमालेले उम्मेदवार वनाएको छ।

धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षका लागि उम्मेदवार वनेका डम्बरबहादुर राउतमाथि भ्रष्टाचार गरेको आरोप लागेको थियो। उनलाई एमालेले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार वनाएको छ। राउतले ०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग आठ लाख रुपैयाँ घुस लिएको आरोप छ।

राउतविरूद्ध राजनीतिक दबाबले गर्दा अख्तियारले मुद्दा थप अगाडि नबढाएको आरोप पनि छ। उनी रघुवीर महासेठनिकट मानिन्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका उनै राउतलाई एमालेले फेरी पनि अध्यक्षको उम्मेदवार वनाएको भन्दै स्थानीय नेता कार्यकर्ता भने रुष्ट वनेका छन् । उम्मेदवारीका लागि एमालेका पालिका अध्यक्ष रामखेलावन महतो, हिरालाल महतो, श्याम महतो, दिलिप लामा, रामपुकार महतोलगायतले पनि दाबी गरेका थिए। तर, नाम भने उनको मात्रै सिफारिस भएको जनाईएको छ। 

यो पनि, 

भ्रष्टाचारीको मुखै नहेर्ने ओलीका उम्मेदवार ‘अख्तियारले डामेका’

नेकपा एमाले

विशेष