News राजनीति

सामान्य ४० करोडको विषयमा गभर्नर हटाउँनु गैरजिम्मवारपूर्ण कार्य 

सामान्य ४० करोडको विषयमा गभर्नर हटाउँनु गैरजिम्मवारपूर्ण कार्य 

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गर्ने निर्णप्रति सत्तारुढ दलभित्र आन्तरिक किचलो देएिको छ। सत्ता घटक दुई ठुला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा देखिएको समस्या सार्वजनिक रुपमै अभिब्यक्त हुन थालेका छन् ।

माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र अर्थमन्त्री जनार्दशन शर्माकाबीचमा भनाभन सुरु भएको छ। सरकारको निर्णय सहि नभएको भन्दै पुनले प्रतिक्रिया दिएपछि मन्त्री शर्माले पुन एमाले परस्त भएको आरोप लगाए ।

अर्कोतर्फ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि आफ्नै दलको नेतृत्वमा रहेको सरकारले गभर्नरलाई निलम्बन गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र निरन्तर ओरालो लागेको अवस्थामा गभर्नर निलम्बन हुनु सरकारको गैरजिम्मेवारीपन भएको बताए ।

सामान्य ४० करोड रुपैयाँको विषयलाई लिएर गैरजिम्मवारपूर्णकार्य सरकारले गर्न नमिल्ने उनको भनाई छ। जुनसुकै देशमा पनि राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट हुने गरेको भन्दै उनले थपे–‘अर्थ मन्त्रालयले गरेको गलत काम रोक्ने काम राष्ट्र बैंकको हुन्छ । संसारको जुनसुकै मुलुकमा पनि गभर्नर र अर्थ मन्त्रालयबीच खटपट हुन्छ नै।’

आफुहरुले पनि उठाईरहेको विषयमा गभर्नर गरेको भन्दै उनले सहि काम गरे बापत किन निलम्वन गरियो यसको जवाफ जनतालाई सरकारले दिनुपर्ने उनले वताए । ‘विदेशी सञ्चिति ६ महिनाको मात्र छ, विलासी वस्तुको आयात रोक्नुहोस् भन्नुभयो । हामीले पनि भनिरहेको विषय हो । उहाँलाई किन निलम्बन गरियो ? त्यसको जवाफ सरकारले जनतालाई दिनुपर्छ।’– कोईरालले भने। 
 

शेखर कोइराला

विशेष