News

इन्स्पेक्टरसहित ९ जना प्रहरी चढेको जीप दुर्घट्ना, तीन जना ठहरै

इन्स्पेक्टरसहित ९ जना प्रहरी चढेको जीप दुर्घट्ना, तीन जना ठहरै

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६, स्थित भँडारेखोलामा बुधबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उपचारका लागि हेलिकप्टरमार्फत लैजाँदै गर्दा थप एक प्रहरीको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो।

मृत्यु हुनेमा झापाको मेचिनगर नगरपालिका–८ इट्टाभट्टा बस्ने २२ वर्षीय प्रहरी जवान मानिक राजवंशी, सोलु घर भई झापाको मेचीनगर–२ बाहुनडाँडा बस्दै आएका ३६ वर्षीय प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान रुपक विष्टको छन्। उनीहरु मध्ये कार्की र राजवंशीको घट्नास्थलमै र विष्टको उपचारका लागि काठमाण्डौं लागने क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार प्रहरी जवान मानिक हालसालै प्रहरीमा भर्ना भएका थिए। उनको नियुक्ति केही महिना अघि मात्रै भएको थियो। 

त्यसैगरी दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी नायब निरीक्षक नवराज दाहाल, हवल्दारद्वय विशाल श्रेष्ठ र भुपेन्द्र खनाल र सवारी चालक इलाम निवासी लिलाप्रसाद खनाल छन् । उनीहरुलाई उदयपुरको घुर्मीस्थित जनसेवा अस्पताल र आस्था अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाएको छ।

बा १७ च १०९४ नम्बरको गाडीमा प्रहरी निरीक्षकसहित ९ जना सोलुखुम्बुबाट प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगर जाँदै थियो। सिद्धिचरण राजमार्ग हुँदै गइरहेको जीप भडारे खोलास्थितबाट १५० मिटर तल खसेको थियो। खनालका अनुसार उनीहरू हतियार मर्मत गर्न विराटनगर जाँदै थिए।  दुर्घटनाको कारण भने खुलिनसकेको छैन। 

दुर्घटनामा परेको जीप निजी गाडी हो। प्रहरी निरीक्षक ऋषिराज ढकाल रवाना लिएर जाँदै थिए। कार्यालयमा भएका दुबै गाडी त्यहीँ आवश्यक हुने हुँदा निजी लगेको प्रहरी निरीक्षक यादवले बताए।
 

विशेष