News राजनीति

एमालेसँग गठबन्धन गरे वापत कमल थापाले मागे ४० सिट

एमालेसँग गठबन्धन गरे वापत कमल थापाले मागे ४० सिट

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले, राप्रपा नेपाल, परिवार दलको गठवन्धन वनेको छ।

एमालेले राप्रपा नेपालसँग गरेको पाँचबुँदे सहमतिमा देशभरिका तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्ना उम्मेदवार नभएका ठाउँमा एक अर्काका उम्मेदरवालाई सघाउने, जिल्ला तहमा सहकार्यको प्रस्ताव तयार पार्ने र राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने उल्लेख छ ।

नेपाल परिवार दलसँग भएको सहमति पनि यही आशयको छ । सहमति लगत्तै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेकपा एमालेसँग ४० वटा पालिकामा दाबी गर्ने भएको छ।

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राजतन्त्रको एजेन्डा छाड्दै राप्रपा नेपाललाई सक्रिय गराएका थापाले यो स्थानीय निर्वाचनमा कुनै हालतमा पार्टीको अस्तित्व जोगाउने उदेश्यसहित एमालेसँग तालमेल गरेका छन्। 

राप्रपा महामन्त्री एवम् स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले तल्ला कमिटीबाट ४० वटा पालिकामा माग आएको बताएका छन्। उनले यही सूची अनुसार अब एमालेसँग संवाद गरेर उम्मेदवारको टुंगो लगाउँने वताए ।

एमालेका नेताहरुले भने राप्रपा नेपाललाई दिने सिटबारे कुरा भइनसकेको बताएका छन्। 

विशेष