News

नेताहरु लैनचौरमा लाईन लागेको भोलीपल्टै पूर्वराजाको यस्तो सन्देश

नेताहरु लैनचौरमा लाईन लागेको भोलीपल्टै पूर्वराजाको यस्तो सन्देश

पूर्वराजा ज्ञानेन्द्र शाहले छिमेकी मित्र राष्ट्रहरुप्रति अवलम्बन गर्ने नीति तथा व्यवहारले नेपालको उन्नति प्रगतिलाई प्रभाव पार्ने वताएका छन् । उनले राष्ट्रिय अस्मितामा कुनै प्रभाव पर्न सक्नेप्रति नेपालीहरु सधैं चनाखो हुनुपर्ने पनि बताएका छन् ।

आफनो कार्यकाल पुरा गरी विदा भएका एक कुटनिज्ञको विदाईमा नेपालका प्रधानमन्त्री शेरवहादुर देउवासहित शिर्ष नेताहरुको टोली लाईन लागेर हाजिर भएको विषय सामाजिक सञ्जालमा चर्चामा आईरहेका वेला पूर्वराजा शाहले यस्तो वताएका हुन। 

नयाँ वर्ष ०७९ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले भनेका छन्– ‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ।’

नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको भन्दै पूर्वराजा शाहले त्यो आफैंमा आत्महीनताको विषय भएको बताए । उनले अर्थविद् र उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएकामा चिन्ता गरिरहेको भन्दै महंगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेको बताएका छन् । 

यो पनि,

रअ प्रमुख भेट्दा ओलीलाई राष्ट्रद्रोही भन्नेहरु लाईन लागेर लैनचौरमा !
 

पूर्वराजा ज्ञानेन्द्र शाह

विशेष