बतास समूहले आफुलाई मन्त्रीबाट हटाउन खोजेको मन्त्री आलेको आरोप

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अनाधिकृत कब्जावाट नारायणहिटी छुटाउन खोज्दा बतास समूह आफुलाई मन्त्रीबाट हटाउन लागिपरेको आरोप लगाएका छन् । १७औं फेवा नववर्ष महोत्सवको बुधबार पोखरामा उद्घाटन गर्दै उनले नारायणहिटीलाई व्यापारीको कब्जाबाट छुटाउन खोज्दा आफूलाई मन्त्री पदबाट हटाउन खोजिएको बताए।
विगतको सरकारले एउटा व्यापारीलाई कौडीको भाउमा नारायणहिटी जिम्मा लगाउने काम गरेको बताएका उनले दिएको भन्दा बढि जग्गा कब्जा गरेर वस्दा कसैले वास्ता नगरेको वताए । आफनो अगाडि वतास समुहको औकात नभएको पुष्टि गर्न ‘एक सय पाँच किलोको मान्छे मन्त्रीको सिटमा बसेको छ, ५५ किलोको मान्छेले उडाउन खोज्छ, त्यो कदाचित हुनेवाला छैन’ भने।
‘दिएको छ, ६ आना, कब्जा गरेको छ, १४ रोपनी । कब्जा गर्नुभन्दा पहिला हेर्नुपर्छ कि पर्दैन कति किलोको मन्त्री छ यहाँ भनेर’ उनले भने–‘यसलाई उडाउन सकिएला कि नसकिएला भनेर सोच्नुपर्छ कि पर्दैन ?’
नारायणहिटी र पशुपति धर्मशाला प्रकरणमा जनप्रतिनिधि, प्रहरी र मन्त्रालयका कर्मचारी समेत वताससँग मिलेको आसयमा उनले गुनासो गरे। ‘वडाको मुचुल्का बनाउन जाँदा प्रहरी प्रशासन समयमा पुग्दैन । वडाध्यक्ष, वडा सदस्य जम्मै एकैदिनमा बिरामी हुन्छन् । यस्तो दूर्भाग्य !,’ उनले भने, ‘मेरै मन्त्रालयका कर्मचारी पनि को कहाँ मिलेका छन् थाहै छैन । यस्तो खालको विडम्बना छ ।’