News

मानव खप्परसहित ४६ वटा हड्डी बोकेर हिडेका सिंहालाई प्रहरीले छोड्यो

मानव खप्परसहित ४६ वटा हड्डी बोकेर हिडेका सिंहालाई प्रहरीले छोड्यो

झोलामा मानव कंकाल बोकेर हिडिरहेका भारत बिहारका २६ वर्षीय आदित्य सिन्हालाई प्रहरीले मंगलबार पक्राउ गरेर पनि छोडेको छ। झोलाभरी मानब खप्परसहित ४६ वटा हड्डी बोकेर हिडिरहेको फेला परेपछि उनलाई सशस्त्र प्रहरीले विराटनगरमा पक्राउ गरेको थियो।

नेपालबाट भारत जाँदै गरेको समयमा मानव हड्डीसहित पक्राउ परेका सिंहालाई प्रहरीले पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको थियो। तर, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले सिंहालाई पक्राउ गरेमा विरोध गरे। उनी प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी हुन। 

उनीहरुल्े एमीबीएसमा अध्ययनरत विद्यार्थीले मानव हड्डीसम्बन्धी पढ्ने प्रयोजनका लागि हड्डी साथमा राख्ने गरेको भन्दै पक्राउप्रति आपत्ति जनाए । प्रतिष्ठानले पनि प्रहरीलाई पत्र लेख्दै चिकित्सा शिक्षा अध्ययनका क्रममा मानव हड्डी चाहिने भएको र सिन्हाले बोकेका हड्डी उनको अध्ययन सामग्री भएको बताउँदै उनलाई रिहा गर्न आग्रह गरेको थियो।

प्रतिष्ठानको पत्रपछि प्रहरीले बुधबार सिन्हालाई रिहा गरेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जिल्ला सरकारी वकिल कार्यालय मोरङले मानव हड्डी बोकेको विषयमा कुनै कानुन नभएको बताएपछि प्रहरीले सिन्हालाई रिहा गरेको जानकारी दिए ।

भारतमा भने चिहानको हड्डी उत्खनन गर्न नपाउने कानुनी व्यवस्था छ । 

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

विशेष