News विदेश

प्रधानमन्त्री देउवाद्वारा कोरोना कालमा भारतले गरेको सहयोगको प्रशंसा

प्रधानमन्त्री देउवाद्वारा कोरोना कालमा भारतले गरेको सहयोगको प्रशंसा

 

नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै काठमाडौंले कोभिड-१९ महामारीमा प्राप्त गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्। भारतले सहयोगको कारण नै नेपालले कोरोना महामारीको दूरदर्शी र प्रभावकारी व्यवस्थापन गरेको र पहिलो खोप सहायता पनि प्राप्त गरेको बताएका छन्। 

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा दुई देशबीचको कनेक्टिभिटी अभिवृद्धि गर्ने सम्भावित धेरै परियोजनाहरुको संयुक्त रुपमा शुभारम्भ गरेका थिए। उनीहरुले आफुले गरिरहेको मुख्य पहलले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

'प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारतले गरेको प्रगतिको म प्रशंसा गर्छु। हामीले कोभिड-१९ विरुद्ध लड्न भारतको प्रभावकारी व्यवस्थापन देखेका छौं र नेपालले भारतबाट पहिलो खोप सहायताका साथै भाइरससँग लड्न औषधि, चिकित्सा उपकरण र रसद प्राप्त गरेको छ,' उनले भने।

उनले नेपाल–भारत सम्बन्धका विभिन्‍न पक्षमा दुवै देशबीच मैत्रीपूर्ण वार्ता र फलदायी छलफल भएको बताएका छन्। ‘हामीले नेपाल–भारत सम्बन्धका विभिन्‍न पक्षमा मैत्रीपूर्ण वार्ता र फलदायी छलफल गरेका थियौं। हामीले हाम्रो मित्रवत सम्बन्धलाई अझ सुदृढ पार्ने हाम्रो दृष्टिकोण साझा गर्यौं, "उनले हैदराबाद हाउसमा भने।

कोरोना महामारीको समयमा भारतले नेपाललाई कोरोनाविरुद्धको खोप, भेन्टिलेटर तथा अत्यावश्यक औषधि पनि सहयोग गरेको थियो। चीनले कोरोनालाई देखाउँदै नाकाबन्दी गरिरहेको समयमा भारतले नेपालको व्यापार र अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन निरन्तर सुरक्षाका मापदण्ड अपनाउँदै आयात र निर्यातलाई निर्बाध अघि बढाउन सहयोग गरेको थियो।

विशेष