News

धान खाने मुसो, चोट पाउने भ्यागुतो: कुलमानलाई स्पष्टिकरण

धान खाने मुसो, चोट पाउने भ्यागुतो: कुलमानलाई स्पष्टिकरण

‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भने झै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयले गरेको गल्तिका कारण निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएपछि आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा उनीसँग स्पष्टीकरण सोधेको हो । 

फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा उनको सहमति हो/होईन, होईन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी नगरेको भनेर स्पष्टिकरण सोधिएको आयोग श्रोतले जनाएको छ। 

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी पोष्टरमा तपाईंको समेत फोटो राखी प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएको समाचार प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ स्पष्टीकरण पत्रमा सोधिएको छ– ‘७ दिनभित्र आयोगलाई चित्तबुझ्दो जवाफ दिनुहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’

आयोगले ‘सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण अन्तर्गत कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नहुने विषय समेत रहेकोमा आचारसंहिता उल्लंघन गरेको आधारमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’ भन्दै प्रश्न गरेको छ।

पुष्पकमल दाहाल कुलमान घिसिङ निर्वाचनआयोग

विशेष