News

अंश विवादमा दाजुभाइको झगडा, बुबाको मृत्यु

अंश विवादमा दाजुभाइको झगडा, बुबाको मृत्यु

मोरङमा दाजुभाईको अंश विवादमा वुवाको मृत्यु भएको छ। उर्लावारी नगरपालिका ७ बाहुनीका बासुदेव कार्की र तीर्थ कार्कीबीच अंशको विषयमा विवाद हुँदा उनीहरुका वुवा ६० वर्षीय जयबहादुर कार्कीको मृत्यु भएको हो ।

जयबहादुरका दुई छोराबीच झडप हुँदा कसरी उनको मृत्यु भयो भन्ने विषय भने खुलेको छैन। उक्त खट्नाको प्रहरीले अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताए । 

दाजु भाईको विवादमा झडप हुँदा घाइते भएका जयबहादुरको न्यूरो अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । 
 

विशेष