News

काठमाण्डौं महानगरमा एमालेबाट पूर्वमन्त्री र पूर्वमेयर पनि आकांक्षी

काठमाण्डौं महानगरमा एमालेबाट पूर्वमन्त्री र पूर्वमेयर पनि आकांक्षी

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले) मा पूर्वमन्त्री, वहालवाला मेयर र पूर्वमेयरबीच प्रतिस्पधा देखिएको छ। एमाले महानगर कमिटिको बुधबार बसेको बैठकले सिफारिस गरेको पाँच जनाको नाममा उनीहरु प्रतिस्पर्धी छन्।

काठमाडौं मेयर उम्मेदवारमा सिफारिस हुनेहरुमा वहालवाला मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त छन्।

त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ। रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम उपमेयरका लागि सिफारिस गरेको छ।

उपमेयरमा सिफारिश रत्न गुरुङ संविधान सभा सदस्य हुन्, त्यस्तै शान्ति अधिकारी अनेमसंघकी महासचिव हुन्। उनी एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी पनि हुन्। महानगर कमिटीले सिफारिस भएका नामबाट जिल्ला कमिटी हुँदै स्थायी कमिटीले उम्मेदवार तोक्नेछ। 

विशेष