News

श्रीलंकाको झल्को नेपालमा, यसरी हुन सक्छ उपभोग्य सामग्रीको अभाव

श्रीलंकाको झल्को नेपालमा, यसरी हुन सक्छ उपभोग्य सामग्रीको अभाव

टापु राष्ट्र श्रीलंका गम्भिर आर्थिक संकटमा फसेको छ। वैदेशिक ऋण तथा राजनीतिक अस्थिरता लगायत कारणले श्रीलंको यो अवस्था भएको हो।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकट हो यो। जसकारण राष्ट्रपति गोटवाया राजापाक्षेको राजीनामा माग गर्दै राजधानी कोलोम्बोसहित विभिन्न सहरमा विरोध प्रदर्शन हुँदैआएको छ ।

राजापाक्षेको सरकारविरूद्ध निरन्तर प्रदर्शनहरू भइरहे पनि निकासका लागि ठोस पहल भएको छैन । साना राजनीतिक दलहरूले सरकारको साथ छोडेका छन् । सांसदहरूले पनि समर्थन फिर्ता लिएका छन् । एकसाता अघि मात्रै एकै दिन २६ जना मन्त्रीहरूले राजीनामा दिए। त्यसको केही घण्टामै राष्ट्रपतिले चार जना नयाँ मन्त्री थपे । नयाँ थपिएका मन्त्रीहरूमध्ये पनि अर्थमन्त्रीले भने २४ घण्टा पूरा नहुँदै राजीनामा दिए। 

२ करोड २० लाख श्रीलंकनको जीवनमा यो संकटले ठूलो असर  पारेको छ। संकट वढ्दै जाँदा इन्धन, औषधि, खाद्यान्न लगायत चरम अभावपछि दैनिक नजजीवन कष्टकर बन्दै गएको छ । स्थानीय मिडियाका अनुसार राजधानी कोलम्बोसहित सहरहरूमा हाल दैनिक उपभोग्य वस्तुको चरम अभाव हुनुका साथै परीक्षार्थीहरूका लागि प्रश्नपत्र छपाइ खर्च अभावमा सरकारले परीक्षा सञ्चालन पनि गराउन सकेको छैन।

नेपालमा पनि अहिले श्रीलंकाको जस्तै आर्थिक र राजनीतिक संकट गहिरिएको छ। विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा आंशिक नियन्त्रण (परिमाणात्मक बन्देज) थालेको छ। बैंकहरुले एक साताका लागि विलासी तथा विभिन्न उपभोग्य वस्तुहरूको आयातका लागि प्रतितपत्र(एलसी) नखोल्ने निर्णय गरेका छन्।

जसमा निजी गाडीहरू, तयारी खाद्य सामग्री (ड्राइफुड), फर्निचर, रक्सी, चुरोट, सौन्दर्य तथा सजावटका सामाग्रीहरू विदेशबाट आयत गर्नका लागि एलसी नखोल्ने निर्णय भएको छ। करिब १३ सयभन्दा बढी वस्तु आयतमा प्रतिवन्ध लगाईएको छ।

विदेशबाट सामान ल्याउनका लागि डलर भुक्तानी गर्न वाणिज्य बैंकहरूले प्रतीतपत्र खोलिदिनुपर्ने हुन्छ। विदेशी मुद्रा आर्जनको मजबुत आधार नभएकाले राष्ट्र बैंकले आठ महिनाको आयात धान्न विदेशी मुद्रा सञ्चिति अपुग भए जटिलताको संकेत गर्छ। राष्ट्र बैंकको तथ्यांकअनुसार करिब ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था मात्रै छ। चालु आर्थिक वर्षमा आयात अत्यधिक बढेको छ। विदेशी वस्तुको आयात घट्दा राष्ट्र बैंकलाई विदेशी मुद्रा सञ्चिति दबाबलाई राहत मिल्नेछ। 

तर, लामो समयसम्म यी वस्तुको आयातमा रोक लाग्यो भने के होला ? 

साइकल– पेट्रोल महंगिएको र साईकल पनि अभाव भए पैदल नै हिड्नु पर्नेछ।

सवारी साधन– सेकेण्ड हेण्ड गाडिको मूल्य बड्नेछ। पेट्रोलियम प्रोडक्टको मूल्य बड्ने र सवारी साधन महंगीएर स्कुल, कलेज, अफिस जाँदा सवारी साधन प्रयोग गर्न असहज हुने हुँदा मर्निङ्गवाक गएजस्तो सडकमा मान्छेको ताँती देखिने छ।  

धान, चामल– किसानले मूल्य पाउँदैनन, उपोभोक्ता महँगोमा पर्नेमा पर्नेछन्। माग धेरै हुने हुँदा मूल्य अचाक्ली बड्ने छ।   

तयारी पोशाक, कपडा– मानिसहरु पुरानो र फाटेको कपडा टालेर लगाउन थाल्ने छन्।  

धागो– कपडा उद्योगहरु वन्द हुनेछन्। पुराना र फाटेका कपडा सिलाएर लगाउँन पनि मुस्किल पर्नेछन्। बजारमा गोजी उध्रेका र काखी च्यातिएका कपडा लगाएका मान्छेहरु भेटिन थाल्नेछन्।

मेसिनरी तथा पार्टपुर्जा– विग्रिएका सवारी साधन ग्यारेजमा थन्किने छन्। सवारी साधन कम हुँदा भाडामा मनपरी हुनेछ। यात्रुहरु समस्यामा पर्नेछन्।

सुन, चाँदी– सुनचाँदीको मूल्य अझै बड्ने छ। विवाह, व्रतवन्धमा गहना प्रदर्शन गर्न पुरानो गहना भाडामा पाईन सक्छन।  किन्ने परे धेरै महँगो पर्नेछ। नक्कली गहनाले भाउ पाउने छ।
 
विद्युतीय उपकरणः पुराना र सेकेण्ड हेण्ड सामानको मूल्य बड्नेछ।

सिमेन्ट– विकास निर्माणका काम प्रभावित हुनेछन्। पुल तथा अत्यावस्यक भवन निर्माण रोकिने छ। वैदेसिक रोजगारीको पैसाले घर वनाउने प्रचलन कम हुनेछ। वैदेशिक रोजगारीबाट आएको पैसा उत्पादन मुलक क्षेत्रमा लगानी हुनेछ।

खेलकुदका सामान तथा त्यससँग सम्बन्धित वस्तु, खेलौना– बच्चाहरु कबड्डी, डन्डिवियो, चोर पुलिस, भाले जुधाई, रुमाल लुकाई जस्ता खेलतिर आकर्षित हुनेछन्।

ढुङ्गाको सजावटका सामग्री– प्लाष्टिकका सामान विक्न थाल्नेछन्। प्लाष्टिकको पनि अभाव हुन थाले घरका भन्सा, शौचालय तथा वेड रुममा काठ तथा बाँसका सजावटका सामग्रीको प्रयोग वढ्ने छ।

हेयर क्रिम, हेयर ओयल– क्रिमको अभाव भएपछि झिंगा नै छेड्ने गरी कपाल ठाडो पार्ने प्रचलन घट्ने छ। युवा युवतीहरु तोरिको तेल र पानीले कपाल मिलाउन थाल्नेछन। कपाल झर्ने समस्या पनि देखिन थाल्छ। तालुखुईलेहरुको संख्या बढ्न सक्छ।

स्याम्पु– टाउको/कपालमा चाया देखिन थाल्नेछ।

परफ्युम– मानिसहरु गन्धे भएर हिड्ने छन्। साथी–साथी र प्रेमीप्रमीका पनि दुरी वनाएर वस्नेछन्। तर, कडा परफ्युमको गन्ध ककटेल भएर आउने दुर्गन्धबाट छुटकारा मिल्नेछ।

जुत्ता र जुत्ता– नेपाली व्राण्डका जुत्ता चप्पलको विक्रि वितरण वढ्ने छ।

मेकअपका सामान– युवायुवतीको वास्तविक अनुसार देखिने छ। महिलाको सुन्दरतामा कमी आउन सक्छ। सुदर महिलाहरू कम देखिन थाल्नेछन। अनुहारमा डंडीफोर आएका महिला तथा पुरुसको संख्या बढ्ने छ। युबा युबतीको अनुहारको चमक हराउने छ। घरलु मेकअपका सामानहरुको उपयोग वढ्नेछ। 

दाँतका लागि ब्रेसेस- दात नमिलेका मानिसहरुको जनसंख्या बढ्ने छ।  

चारकोल र फर्निचर– इट्टा उद्योगमा कैलाको प्रयोग वढ्ने छ। घरको सिंगारपटार र डेकोरेसनका विकल्पहरु खोजिने छन्।

छाता– घाम–पानीमै हिड्नु पर्ने हुन्छ। हिन्दु परम्परा अनुसार जन्ति पर्सिने वेलामा छाताको वद्ला केराका पात, नाङ्लो लगायतका सामग्रीको प्रयोग हुन सक्छ।

खुर्सानी– अकवरे खोर्सानीको प्रयोग र उत्पादन वढ्ने छ।

माछा– स्थानीयहरु आफनै पोखरीमा माछा उत्पादन गर्न थाल्नेछन्। खसीको मासुको मुल्य वढ्ने छ। 

तरकारी तथा कागती– किसानहरुको उत्पादलने वजार पाउने छ।

दुग्धजन्य पदार्थ– किसानहरुले दुधको मुल्य पाउने छन्। पशुपालन ब्यवसाय फस्टाउन सक्नेछ।

सुपारी – तस्करहरुको चलखेल वन्द हुनेछ। औद्योगिक प्रयोजन भन्द भारत निकासीका लागि सुपारीको आयात खोल्न तयार हुने मन्त्रीहरुको आम्दानीमा कमी आउने छ।

चना– कृषि उपजमा आत्मनिर्भर हुने रणनीति तयार हुन सक्छन्। किसानहरुको उत्पादनले मुल्य पाउने छ।

प्राकृतिक मह र अण्डा– मह खोज्न मानिसहरु जंगल धाउन थाल्नेछन्। ब्यवसायिक मौरी पालन सुरु हुनेछ। अण्डामा नेपाल आत्मनिर्भर हुने वाटोमा अघि वढ्ने छ।

केरा र चिप्स– बच्चाहरु र युबायुवतीहरु पार्कमा बसेर भुटेको मकै खान थाल्नेछन्।  

मासु– पशुपालन ब्यवसाय ब्यवस्थित हुन सक्छ। मासुमा आत्मनिर्भर वन्ने नीतिहरु वन्न सक्छन्।

अप्टिकल– चस्मा लगाएका मान्छे कम देखिने छन।  यसले दुर्घटना पनि बढ्न सक्छ।  

मेडिकल, सर्जिकल उपकरण– बिरामीहरुलाई उपचार पाउन गाह्रो हुनेछ।  केहि भैहाले डाक्टर र नर्स कुटिने छन्।  मृतकका आफन्तहरुले क्षतिपुर्ति पनि करोडमा माग्न थाल्ने छन्। यसले अस्पताल टाट पल्टने सम्भाबना हुन्छ।

कन्डम तथा अस्थाई साधन– अनिच्छित गर्भाधारण वढ्ने छ। गर्भवती महिला र जनसंख्या वृद्धिदर वढ्ने छ। असुरक्षित यौन सम्बन्ध राख्ने किशारकिशोरी वढ्ने छन। गर्भपतनका घट्नाहरु वढ्ने छन्।

विशेष