के इलामबाट लखेटिएकी हुन् रचना रिमाल ?
गायन रियालिटी शो ‘नेपाल आइडलको मञ्च’बाट उत्कृष्ट आठबाटै बाहिरिएकी गायीका रचना रिमाल यतिवेला नेपाली दर्शक र स्रोताको ढुकढुकी वनेकी छिन् । उनको रफ्तार अचम्मले अघि वढेको छ। नेपाल आईडलबाट वाहिरिएको दुई वर्षमै करिव ८ सयभन्दा बढी गीत गाएकी छिन्।
देश विदेशको कार्यक्रममा पुग्न उनलाई भ्याइ–नभ्याइ भएको छ। सामाजिक सञ्जालमा पनि उनलाई पछ्याउनेहरु धेरै छन् । फेसबुकमा ५ लाखभन्दा वढि उनका फलोअर्स छन। यही क्रेजले कहीलेकाही उनी चर्चामा पनि आउने गरकी छिन्।
हिजो मात्रै रचनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल जस्तै भयो। जसमा रचना रिमाललाई उनका चाहानेहरुले खेदीरहेको र उनी अगाडि–अगाडि भागिरहेको देखिन्छ। यो भिडियो सार्वजनिक भएपछि धेरैले अनेक अनुमान गरे। तर, वास्तविक्ता भने अलि फरक रहेछ।
सर्वसाधारणमा वढेको उनीप्रतिको क्रेजकै कारण उनले भाग्नु परेको पाईएको छ। तर, उनलाई कसैले लखेटेको होईन, एउटा कार्यक्रम सकेर अर्को कार्यक्रममा पुग्न भ्याइनभ्याई भएपछि गाडीसम्म पुग्नका लागि दौडिएको भिडियो कसैले खिचेर सार्वजनिक गरेको पाईएको छ।
इजरायलबाट इलामको कार्यक्रम भ्याउने गरी मंगलबार नेपाल फर्किएकी उनी सोही दिन इलामबजारमा एउटा महोत्सवमा गीत गाउन पुग्नु पर्ने थियो। त्यसको लागि उनले एडभान्स पनि लिइसकेकी थिईन। बुधवार मोरङमा अर्को कार्यक्रम थियो ।
मंगलवार दिउँसो ३ बजे उनको झापाका लागि फ्लाइट थियो । साढे २ बजे उनी इजरायलबाट त्रिभुवन विमानस्थल ओर्लिइन। तर, झपाको फ्लाइट झण्डै ४ घन्टा ढिलो भयो । इलाम पुग्दा रातको १० वज्यो। कार्यक्रम सहिएकाले भोलिपल्टका लागि प्रस्तुति राखियो।
भोलिपल्ट मोरङमा पनि पुग्नुपर्ने भएकाले प्रस्तुति चाँडै राखियो। उनले ५ वटा गीत गाईन। यही विचमा उनलाई लिन गाडी आईसकेको थियो। पहिले नै वचन दिइसकेको हुँदा मोरङको कार्यक्रम भ्याउनैपर्थ्यो । लिन आएका व्यक्तिहरूले ‘गाडी आइसक्यो कुद कुद’ भनेपछि उनी पनि केही नसोची दौडिईन।
यही भिडियो कसैले खिचेर सामाजिक सञ्जालमा अपलोड गरिदियो। जेनतेन उनले मोरङको कार्यक्रम पनि भ्याइन। तर, उनी दौडिएको त्यो भिडिओ भाइरल भइसकेको थियो। त्यो हेरेर आफैंलाई नरमाइलो लागेको उनी बताउँछिन्। चाहेर भन्दा पनि नचाहेरै आफु कहिलेकाही अप्ठ्यारोमा पर्ने गरेको उनको भनाई छ।