News

बस चढ्ने वित्तिकै २० रुपैयाँ भाडाः हाम्रै नेपालमा

बस चढ्ने वित्तिकै २० रुपैयाँ भाडाः हाम्रै नेपालमा

विहिवारदेखि लागु हुने गरी वाग्मती प्रदेशमा सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । साबिकको भाडामा १० प्रतिशत वृद्धि गरी नयाँ भाडादर कायम गरिएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा समायोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

बैशाख १ देखि लागू हुनेगरी यसअघि नै श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशले भाडा बढाउने निर्णय गरेको थियो । भाडा वृद्धिसँगै अब काठमाडौं उपत्यकामा सार्वजिक बस चढ्नेवित्तिकै २० रुपैयाँ लाग्नेछ ।

५ किलोमिटर दूरीसम्म २० रुपैयाँ, १० किलोमिटर दूरीसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा धेरै यात्रा गर्दा ३८ रुपैयाँ भाडा तोकिएको छ।

वाग्मती प्रदेशमा चल्ने ट्याक्सीको पनि भाडा समायोजन गरएिको छ । पेट्रोलियम पदार्थबाट चल्ने र बिजुलीबाट चल्ने ट्याक्सीका हकमा छुट्टाछुट्टै भाडा कायम गरिएको छ ।
 

यस्तो छ पुरानो र नयाँ भाडा दर 

विशेष