News

साढे चार वर्षपछि ब्युँझिए भीम रावल !, सहमतिको विरोध

साढे चार वर्षपछि ब्युँझिए भीम रावल !, सहमतिको विरोध

विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिन्हमा चुनाल लड्ने तर जितेपछि सम्बन्धित पार्टीमै फर्किने भन्दै एमालेले गरेको सहमतिप्रति पार्टीका नेता भीम रावलले प्रश्न उठाएका छन्।

एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग पाँच बुँदे सहमति गर्दै चुनावी तालमेल गर्ने निर्णय गरेपछि रावलले यस्तो प्रश्न उठाएका हुन । एमाले र राप्रपा नेपालबीच भएका सहमतिमा सूर्य चिन्ह लिएर चुनाव उठ्ने राप्रपाका उम्मेदवार चुनावपछि राप्रपा नेपालमै आवद्ध हुने बुँदा समावेश छ। 

सहमतिप्रति असन्तुष्टि जनाउँदै रावले भनेका छन्–‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे!के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!’

रावलले यो प्रश्न उठाएपछि एमालेका कार्यकर्ताहरु उनीप्रति आश्चर्य ब्यक्त गर्न थालेका छन् । उनीहरुले रावल साढे ४ वर्षपछि ब्युझिएको भन्दै आलोचना समेत गरेका छन्। एमालेले ०७४ सालमा पनि तत्कालिन स्वतन्त्र राजनीतिक समुहसँग यसैगरी सहमति गरेको थियो। समुहका नेता हृदयेश त्रिपाठी सूर्य चिन्ह लिएर चुनाव लडेका थिए ।

राजपा त्यागेर स्वतन्त्र राजनीतिक समुह वनाएका त्रिपाठी सुर्य चिन्ह लिएर प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी–१ बाट विजयी भएका थिए । त्यस वेला भने रावलको असन्तुष्टि सुनिएको थिएन।

निर्वाचन ऐन २०७३ मा ’उम्मेदवारलाई चिन्ह दिइसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन। त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुन्छ’ भन्ने लेखिएको छ। 

विशेष