News

देउवा सरकारले थप्यो १८ अर्ब ऋण

देउवा सरकारले थप्यो १८ अर्ब ऋण

बुधवार वसेको मन्त्रिपरिषद् बैठकले ६५९ मिलियन अमेरिकी डलर अर्थात करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरू शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने उक्त अदुदान स्विकार गरेको जानकारी दिए ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत् आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ । 
 

विशेष