News

बझाङबाट माओवादी केन्द्रले सुरु गर्याे उम्मेदवारको सिफारिस, को-को भए उम्मेदवार (नामावली)

बझाङबाट माओवादी केन्द्रले सुरु गर्याे उम्मेदवारको सिफारिस, को-को भए उम्मेदवार (नामावली)

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न राजनितिक दलहरु यतिबेला सक्रिय छन् । बझाङको बुङ्गल नगरपालिका वडानं २ बाट माओवादी केन्द्रले वडा समिति पदाधिकारीका लागि उम्मेदवार सिफारिसको सुरुवात गरेको छ । बझाङमा स्थानिय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने पहिलो पार्टी माओवादी केन्द्र बनेको छ । 

शुक्रबार बसेको माओवादी केन्द्र बुङ्गल नगरपालिका वडानं २ कमिटीको वैठकले सर्वसम्मत स्थानीय तहको निर्वाचनका लागि वडाका उम्मेदारको प्यानल सिफारिस गरेको हो । वैठकबाट विरे धामी अध्यक्षको लागि सिफारिस भएकाछन् । सदस्यमा हर्कबहादुर धामी, शैछाने धामी तथा महिला सदस्यमा गंगा धामी सिफारिस भएकाछन् । 


 

बझाङ माओवादी केन्द्र उम्मेदवार सिफारिस

विशेष