News

डा. गोविन्द केसीले यस कारण दिए फेरी सत्याग्रह सुरु गर्ने चेतावनी

डा. गोविन्द केसीले यस कारण दिए फेरी सत्याग्रह सुरु गर्ने चेतावनी

डा. गोविन्द केसीले विभिन्न पाँच बुँदे मागसहित सरकारको ध्यानकर्षण गराउँदै माग पुरा नभए पुनः सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन माग राखेका छन् । उनले भनेका छन्–‘‘जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित, संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।’

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न पनि उनले माग गरेका छन् । जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण गर्न उनको माग छ। 

आफूसँग भएको सम्झौता अनुसार डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पाँचथरमा तुरुन्त सरकारल मेडिकल कलेज निर्माण गर्न माग गरेका उनले ‘आपराधिक पृष्ठभुमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ’ भनेका छन्।

चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गर्न केसीले माग गरेका छन् ।
 

डा. गोविन्द केसी

विशेष