News राजनीति

मधेशमै पुगेर ओलीले भने– मधेशका मसिहा भनिनेहरु लाजै पचाएर सरकारमा छन्

मधेशमै पुगेर ओलीले भने– मधेशका मसिहा भनिनेहरु लाजै पचाएर सरकारमा छन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेशमै पुगेर मधेसी नेताहरुकै दोहोलो काढेका छन्। मधेसवादी दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गुह सर्लाही पुगेर ओलीले उनीहरुकै आलोचना गरे।

पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन शनिवार सर्लाही सदरमुकाम मलंगवा पुगेका ओलीले पार्टीद्वारा आयोजित आमसभालाई सम्वोधन गर्दै मधेशका मसिहा भनिनेहरु लाजै पचाएर सरकारमा बसिरहेको आरोप लगाए।

मधेसका जनताको समस्याका रुपमा रहेको नागरिकताको विषयलाई एमालेले अध्यादेश ल्याएर समाधान खोजे पनि काम गर्न नदिएको ओलीले दाबी गरे । मधेसका जनताका लागि नागरिकता विधेयक पास नहुँदा पनि सत्ताको लोभमा मधेसवादी दल सरकारमा बसेको उनको आरोप छ।

उनले भने–‘मधेसका मसिहाहरुलाई थोरै पनि लाज छैन, नागरिकता विधेयक पास नहुँदा सरकारबाट बाहिरिनु पर्ने हो, तर उनीहरु यसो गर्न सक्दैनन्। उनीहरु जनताका मुद्दाभन्दा सत्तालाई बढी प्राथमिकता राख्छन् ।’

एमाले नेतृत्वमा सरकार बन्नासाथ नागरिकता विधेयक पारित गर्ने र नागरिकता पाउनबाट बञ्चित मधेसी नागरिकलाई नागरिकता दिलाउने आश्वासन उनले बाँडे । उनले आफु मधेश विरोध नरहेको देखाउन भरपुर प्रयास गरे। 

ओलीले कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवलगायतलाई पार्टी प्रवेश गराए।

विशेष