News राजनीति

कांग्रेसमा गठवन्धन सकसः केन्द्रीय कार्यसम्पादन समितिको वैठक बोलाइयो

कांग्रेसमा गठवन्धन सकसः केन्द्रीय कार्यसम्पादन समितिको वैठक बोलाइयो

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा गठवन्धन गरेर जाने ५  दलिय गठवन्धनको निर्णय कार्यान्वयन नहुने अवस्थामा पुगेको छ। निर्णय विरुद्ध आफनै पार्टीका स्थानीय संगठनबाट विरोध हुन थालेपछि नेपाली कांग्रेसका शिर्ष नेताहरु तनावमा छन्।

खासगरी सभापतिमा पराजित नेता शेखर कोईराला पक्षका नेता कार्यकर्ताहरु गठवन्धनको विरोध छन्। यही विषय टुङ्गोमा पुर्याउने कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको वैठक बोलाएको छ। आजको वैठकले गठवन्धनलाई टुङ्गोमा पुर्याउने तथा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउने जनाईएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महानगर र उपमहानगरको उम्मेदवार केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको हो। तर, सोही वैठकमा गठवन्धनका विषयमा पनि छलफल गरिने कांग्रेस श्रोतले जनाएको छ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको पौडेलले बताए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।

कांग्रेसले आवश्यकता अनुसार स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने भनिरहेको छ। तर, पाँच दलीय गठबन्धनमा कहाँ कसलाई उम्मेदवार बनाउने विषय टुंगो लागिसकेको भने छैन। 

केन्द्रीय कार्यसम्पादन समितिमा सभापति, पदाधिकारी र शीर्ष नेताहरू हुन्छन्। त्यसमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा उम्मेदवार बनाउने विषयमा छलफल हुनेछ। 
 

विशेष