News विदेश

श्रीलंकामा सवारी साधनलाई इन्धनमा सीमा निर्धारण

श्रीलंकामा सवारी साधनलाई इन्धनमा सीमा निर्धारण

श्रीलङ्काले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ। सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले दुई पाङ्ग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलङ्काली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ।

तीन पाङ्ग्रे सवारी साधनले १५ सय श्रीलङ्काली रुपैयाँ मूल्यको र कार, भ्यान र जिपले ५ हजार रुपैयाँसम्मको इन्धन (पेट्रोल वा डिजेल) पाउन सक्नेछन्। तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन।

यसैबिच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरूको लामो लाइन लागेको छ। धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन्। 

कुनै बेला दक्षिण एशियाको एउटा आशलाग्दो अर्थतन्त्र भएको श्रीलङ्काबाट अचेल पेट्रोल आपूर्तिमा सेना खटाउनुपरेको, औषधि खरिद गर्न विश्वब्याङ्कको सहयोग माग्नु परेको अनि खाद्य सहयोगका निम्ति अरू देशहरूसँग हात पसार्नु पर्ने अवस्थामा पुगेको छ। दक्षिण एशियाको छेउको देश श्रीलङ्कामा अहिले चरम आर्थिक सङ्कटमा परेको छ।

विदेशी मुद्रा सञ्चिती रित्तिन थालेसँगै सुरु भएको उसको सङ्कटले अहिले त्यहाँ आम मानिसको जीवन नै कष्टकर बनिसकेको छ।

विशेष