News राजनीति

भरतपुरमा उम्मेदवारको छनौट आरामले हुन्छः प्रचण्ड

भरतपुरमा उम्मेदवारको छनौट आरामले हुन्छः प्रचण्ड

स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठवन्धनको निर्णय विरुद्ध कांग्रेस नेता÷कार्यकर्ताहरुले विरोध गरिरहेका वेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस नहुने वताएका छन् ।

शनिवार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताएका छन् । उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं’ भनेका छन्।

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए । भरतपुर महानगरका विषयमा पनि छलफल भईरहेको र उम्मेदवार छनौटको विषय आरामसँग टुंङ्गिने दावी गरे। 
 

विशेष