News

मार्सीले गरे पत्रकारको अपमान, किन हुँदैन छानविन ?

मार्सीले गरे पत्रकारको अपमान, किन हुँदैन छानविन ?

मेडिकल ब्यवसायी एवम् नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई यतिवेला चर्चामा छन्। उसो त प्रसाई सदावहार चर्चामा रहने पात्र हुन तर, पछिल्लो समय पत्रकारलाई पैसा बाँडेको खुलासा गरेपछि सामाजिक सञ्जालमा उनको भिडियो भाईरल जस्तै छ। 

कुन–कुन पत्रकारले कति–कति पैसा लगेका छन् आफनो मोवाईलमा डाटा सुरक्षित रहेको उनले दावी गरेका छन् । ‘हामीले वुझ्या छैन ? मसँग मेरो मोवाईलमा नी, क–कल्ले कति–कति पैसा लगे डाटा म दिन्छु। बैंकबाट ग’काछन् । कुन–कुन सञ्चारकर्मीलाई कति–कति पैसा गए भनेर’ उनले भनेका छन्–‘मसँग आउन न, पैसा लिएर जाने पत्रकारहरु।’

प्रसाईले आफु मात्र नभएर पत्रकारहरुबाट धेरै जना पिडित भएको बताएका छन्। तर, उनले पैसा लिने पत्रकारको नाम र पैसा दिनुको उदेश्य भने खुलाएका छैनन्। उनले पत्रकारलाई पैसा किन वाँडे ? के ढाकछोप गर्न उनले पत्रकारका लागि पैसाको खोलो वगाईरहेका छन् ? कुन–कुन पत्रकारले कति पैसा लगे त्यसको रेकर्ड छ भनेका छन्, प्रसाईले। यदि त्यस्तो हो भने त्यो डाटा किन सार्वजनिक गर्दैनन् ?

प्रसाईले वरु उल्टै पत्रकारले आफनो ठाउँमा वस्नु पर्यो भन्दै सम्पुर्ण पत्रकारीता क्षेत्रकै वदनाम गरेका छन् । उनले भनेका छन्–‘तपाईले के वुझ्नु पर्यो भने पत्रकारिताले पनि ठिक ठाउँमा वस्नु पर्यो भन्न खोजेको हो।’ उनको यो भनाईले दुई वटा कुराको संकेत गरेको छ। प्रसाईले पैसा दिएकै हुन की हावा गफ गरेका हुन ?

सरसर्ती हेर्दा प्रसाईको कुरामा भरोसा गरिहाल्ने र भरोसा गर्नै नहुने दुवै अवस्था छैन। उनी माथि हावादारी गफ गर्ने गरेको आरोप लाग्छ। उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एकापटी राखेर उनीहरुका विरुद्ध एक्लै चुनाव लडेर जित्ने दावी गर्छन। कहिले उनीहरुसँग चुनाव हारे जिन्दगीभर प्रचण्डको ड्राईभर वस्ने पनि वताउँछन्। त्यसैले उनको दावी सत्य नै होला भन्न सक्ने आधार छैनन्।

प्रसाईको अभिब्यक्ति पुर्णतया गलतै छ भन्न सक्ने अवस्था पनि छैन। नेपाल वाच डटकम नामको एक अनलाइनले केही समयअघि बुद्ध एयर माथी बार्गेनिङ गरेको, निर्वाचन आयोग, महालेखा परिक्षकको कार्यालयका कर्मचारीलाई प्रताडित गरेको, अख्तियार र निर्वाचन आयोगका आयुक्तहरुको नेपाल वाचमा लगानी छ भन्ने हल्ला चलाएर पुरै कर्मचारीतन्त्रमा आतंक श्रृजना गरेको लगायतका आरोपको प्रमाणसहित नेपाल आजले समाचार पनि लेखेको छ।

यो त उदाहरण मात्रै हो। त्यो अनलाईनका अध्यक्ष पुष्प ढुंगानाले एक महिलालाई कम्पनीको नक्कली शेयरहोल्डर बनाएर उक्त समाचार हटाउन नेपाल आजका संचालकसँग बार्गेनिङ गर्न पनि पठाएका थिए। जवकी ती महिलाको नाममा १ कित्ता शेयर पनि देखिएको छैन। थप शेयर दिने प्रलोभन देखाई ति महिलाका नाममा विभिन्न ठाउँमा उजुरी गर्न लगाएको विषय पनि अहिले चुहिन थालेको छ। । थप बिषय समयसँग आउदै गर्लान। तर, कुरा उठिनै सकेपछि यसको निराकरण पनि होस भन्ने चाहाना अधिकांसले सामाजिक सञ्जालमा ब्यक्त गरिरहेका छन्।

अर्कोतर्फ सामान्य परिवारबाट आएका प्रसाई रातारात अर्वपति हुनुले पनि उनीमाथि शंका गर्ने प्रसस्त आधार छन्। उनको कारोवार करोडमा होईन अर्वमा छ। तिनै कमजोरीलाई समाएर पत्रकारले पैसा असुल गरेका हुन की ? भनेर आशंका गर्ने ठाउँ पनि छ। सरसर्ती हेर्दा उनले कमाएको धन स्वभाविक जस्तो छैन। 

५० को दशकसम्म भैसी पालन, स्टिलको दराज कारखानालगायतका सामान्य ब्यवसाय गर्दै आएका प्रसाई ०५६ मा अचानक भुमिगत माओवादीको सम्पर्कमा पुगे । ०५७/०५८ सालदेखि माओवादीमा उनको निकै राम्रो सम्वन्ध स्थापित भयो ।

०६० साल माघ १० गते उनलाई सेनाले पक्राउ गर्यो । २२ दिनसम्म शैनिक हिरासतमा थिल्थिलो हुनजेल कुटाई खाएका उनले ६ महिना हिरासतमा विताए । त्यस वेला शैनिक हिरासतमा परेको मान्छे या त अव माओवादीमा लाग्दिन भनेर कागज गरेर वाहिर आउँथे या त ठुलै दवावले मात्रै छुट्ने गरेको सर्वविदित छ । तर, प्रसाई तत्कालिन सेनाका कर्णेल ध्रुवकुमार साहसँग सेटिङ्ग मिलाएर वाहिर आए । 

त्यसपछि उनी एकाएक मेडिकल ब्यवसायमा उदाय । झापामा विएण्डसी टिचिङ्ग हस्पिटल सञ्चालन गर्ने कुरा देखि नै उनको चर्चा चुलियो । किनकी प्रसाईकै भनाईमा पनि रातारात खरवौंको लगानी गरेर हस्पिटल सञ्चालन गर्ने उनको हैसियत थिएन । विर्तामोड चौकमा ५ विगाह, र अस्पताल सञ्चालन भएको ठाउँमा १६ विगाह गरी कुल २१ विगाह जग्गाको मालिक रहेका उनले एकाएक खरवौंको अस्पताल सञ्चालनको कुरा आस्चर्यकै विषय थियो । तर, उनले अस्पताल सञ्चालन गरेर देखाए ।

उनले अहिले दावी गरे अनुसार पत्रकारलाई पैसा दिनुपर्ने बाध्यता पनि यही आम्दानीको अदृष्य श्रोत हुन सक्छ। तर, पत्रकारलाई अनुचित लाभ लिन पत्रकार आचारसंहिताले दिदैन। पत्रकार आचार संहिता ०७३ को दफा ५ उपदफा (१३) मा पेशागत मर्यादा विपरीत उपहार तथा पुरस्कार ग्रहण गर्न नमिल्ने उल्लेख छ। आचार संहिता अनुसार पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन । पेसागत मर्यादा विपरित अनुचित लाभ लिनु पत्रकारको नैतिकता माथिको प्रश्न पनि हो।

पत्रकारलाई पैसा बाँडेको विषय प्रसाईको हावादारी गफ हो भने उनलाई कारबाही किन नगर्ने? तर, यदि उनको भनाईमा केही सत्यता छ भन्ने लाग्छ भने ति पत्रकारहरु माथी छानबिन गर्न केले रोकिरहेको छ? पत्रकार आचारसंहितको पुर्ण कार्यान्वयन तथा अनुचित फाईदा लिने पत्रकारका विषयमा प्रेस काउन्सिल नेपालले छानविन गर्नु पर्छकी पर्दैन ? प्रसाईको अभिब्यक्तिपछि सर्वत्र चासोको विषय पनि हो यो। 

उद्योगी÷ब्यवसायी तथा प्रमुख राजनीतिक दलको केन्द्रीय नेताले नै यसरी कुरा उठाएपछि यसलाई गम्भीर रुपमा लिने की नलिने ? सवैले उठाउने प्रश्न पनि अहिले यही हो। तर, नियमनकारी निकायले यस्ता विषयलाई ध्यान दिदैनन्। वरु सत्यतथ्य लेख्दा झन त्यस्ता मिडियामाथि नै आईलाग्छन ति निकाय। यसको सिकार नेपाल आज पनि भएको छ। नेपाल आजलाई पत्रकार आचार संीहता उलंघन गरेको आरोपमा प्रेस काउन्सिल नेपालले कालो सूचिमा राखेको छ। तर, नेपाल आजका सञ्चालकले भने आफनो मिडियामा प्रकाशित समाचारका विषयमा निस्पक्ष छानविन गर्न माग गरेका छन्। उनले त्यो छानविनमा दोषी देखिए थप कारवाही भोग्न तयार रहेको वताईरहँदा पनि सम्वन्धित निकाले ध्यान दिएको छैन।

त्यसैले प्रसाई प्रकरण पनि छानविन हुने र दोशीलाई कारवाही गर्ने कुरा सामाजिक सञ्जालमै मात्रै सिमिति हुने कतिपयको भनाई छ। 

यो पनि, 

दुर्गा प्रसाई

विशेष