News

घाँस काट्न जंगल गएकी महिला मृत फेला

घाँस काट्न जंगल गएकी महिला मृत फेला

महोत्तरीमा घाँस काट्न जंगल गएकी एक महिलाको शव फेला परेको छ। 

सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवीको शव फेला परेको हो । मनरासिस्वा नगरपालिका–३ स्थित जंगलवमा शुक्रबार राती उनको शव फेला परेको प्रहरीले जनाएको छ।

साँझ ५ वजे घाँस काट्न गएकी उनी रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएपी प्रकाश विष्टले वताए ।

पोखरभिण्डास्थित प्रहरी चौकीमा राति १० बजे खबर आएपछि घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ।

स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान लगाएका छन्। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ। 
 

विशेष