एनसेलका कर्मचारीले जिते १ अर्व ४१ करोडको मुद्दा (श्रृंखला– २२)
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफनै कर्मचारी माथि ठगी गरेको विषयमा श्रम अदालत बाधक वनेको छ। आफु माथि अन्याय भएपछि कर्मचारीले एनसेल विरुद्ध श्रम अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा अदालतले कर्मचारीको पक्षमा फैसला गरेको छ।
कर्मचारीहरुले बोनस वितरणमा एनसेलले अन्याय गरेको भन्दै श्रम अदालतमा मुद्दा हालेका थिए। बोनस ऐन २०३० को दफा ५ को उपदफा १ अनुसार प्रत्येक प्रतिष्ठानको ब्यवस्थापकले वोनस वितरण गर्नु पर्ने ब्यवस्था छ। बोनस हिसाब गर्दा १० प्रतिशत छुट्याउनु पर्नेमा एनसेलले ९ दशमलव १ प्रतिशत मात्रै छुट्याउने गरेको थियो।
यस विषयमा एनसेल विरुद्ध श्रम अदालतमा दर्ता भएमो मुद्दामा कर्मचारीको पक्षमा फैसला भएको छ। करिव १ अर्ब ४१ करोडको मुद्दामा अदालतले कर्मचारीको पक्षमा फैसला गरेको र श्रम कार्यालयले थप ११ करोड ३७ लाख रुपैया जरिवाना पनि गरेको कर्मचारीहरु वताउँछन् ।
तर, एनसेलले अदालतको फैसला समेत कार्यान्वयन नगरेपछि कर्मचारीहरुले पुनः श्रम कार्यालयमा उजुरी हालेका छन् । ‘श्रम अदालतको फैसला समयसीमा भित्रै हुनुपर्छ भनेर हामीले ब्यबस्थापनलाई लिखित जानकारी गराएको थियौ’ एनसेल कर्मचारी कर्मचारी ट्रेड युनियनका एक सदस्यले भने–‘तर, फैसला कार्यान्वयन नभएपछि उजुरी दिएका हौं।’
एनसेल ब्यवस्थापन उक्त मुद्दालाई अझै लब्याउने तर फैसला कार्यान्वयन नगर्ने मनसायले अदालत र श्रम विभाग धाउन थालेको छ। ‘म्यानेजमेन्ट र युनियनका बीचमा विवाद छ श्रम कार्यालय कानुन कार्यान्वयन गर्ने अधिकार प्राप्त निकाय हो’–उनले भने।
एनसेलले वरु कर्मचारीको हितमा कुरा उठाएर आन्दोलन गर्ने ४ जना कर्मचारीको तलव वृद्धि तथा अन्य सुविधा पनि रोक्का गरेको पाईएको छ। २०७६ मंसिर १८ गतेदेखि नै एनसेलले दामोदर घिमिरे, विजयराज महत, तारिणी प्रसाद चौधरी र सुकान्त अधिकारीको वार्षिक पारिश्रमिक वृद्धि रोकेपछि कर्मचारीले त्यस विषयमा पनि श्रम अदालतमा मुद्दा हाले।
उक्त मुद्दा ०७८ फागुन २७ गते इजलास समक्ष पेश हुँदा कर्मचारीको पक्षमा फैसला आएको छ। श्रम अदालतले ‘पुनरावेदकको वार्षिक पारिश्रमिक वृद्धि रोक्का गर्ने गरी गरेको निर्णण कानुन सम्मत नदेखिँदा बदर हुने ठहर्छ’ भन्ने ब्यहोराको फैसला भएको रजिष्ट्रार लालसिंह थापाले जानकारी दिएका छन्।
यो पनि,
- श्रमजीवीको पक्षमा आन्दोलन गर्ने कर्मचारीलाई एनसेलको डन्डा ! (श्रृंखला– २१)
- एनसेलको कालोबजारीः सापटीका नाममा ‘मिटरब्याजी’ ऋण (श्रृंखला– २०)
- दोहोरो खाता राखेर यसरी कर छली गर्छ एनसेल ! (श्रृंखला– १९)
- एनेसल विरुद्ध कर्मचारीले नै हाले १० अर्बको मुद्दा ! (श्रृंखला– १८)
- उजुरी माथि उजुरी, यसरी चल्यो एनसेलमा हावाहुरी (श्रृंखला– १७)
- एनसेलमा यसरी उत्तानो पर्यो नेपालीको राष्ट्रवाद ! (श्रृंखला– १६)
- भारतीय ब्यबस्थापनको नेपालमा यस्तो दादागिरी (श्रृंखला– १५)
- एनसेलः एचआर प्रमुख श्रीवास्तवद्वारा प्रहरी लगाएर कर्मचारी माथि दुर्ब्यवहार (श्रृंखला– १४)
- एक महिलाका कारण यसरी पीडित छन् एनसेलका कर्मचारी (श्रृंखला– १३)
- नेपाल आज विरुद्ध मुद्दा हाल्ने एनसेलको तयारी (श्रृंखला– १२)
- एक्जियाटाले सुरु गर्यो एनसेलमा छानविन, श्रीवास्तावलाई जोगाउन सिइओको चलखेल (श्रृंखला– ११)
- एनसेलबाट यसरी हुन्छ संवेदनशिल सूचनाको चुहावट, हुवावेबाट झन खतरा ! (श्रृंखला– १०)
- एक्जियाटाले सोध्यो एनसेललाई स्पष्टिकरण, डन प्रवृत्ति उस्तै (श्रृंखला– ९)
- एनसेलमा कर्मचारीको आन्दोलन जारी, आधिकारीक स्रोत प्रयोग गर्न आग्रह (श्रृंखला– ८)
- जनता चुसेको र कर्मचारीलाई शोषण गरेको खुलासा गर्दा एनसेलले भन्यो– पित पत्रकारिताको पराकाष्ठा (श्रृंखला– ७)
- एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)
- एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)
- एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)
- एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)
- आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)
- एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)