News

पल शाह प्रकरणः प्रहरीले पीडितसँग किन गरायो जवर्जस्ती हस्ताक्षर ?

पल शाह प्रकरणः प्रहरीले पीडितसँग किन गरायो जवर्जस्ती हस्ताक्षर ?

अभिनेता पल शाह (पूर्णविक्रम शाह) सँग जोडिएको बलात्कार मुद्दामा पीडित भनिएकी बालिका र उजुरीकर्ता उनका बावुले नै बयान फेरेका छन् । उनीहरुले दबाव र उक्साहटमा आएर जाहेरीमा बलात्कारको विषय लेखिएको वताएका छन् ।

जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएको अदालतमा बहस गरेका एक कानून व्यवसायीले बताएअ। उनीहरुले प्रहरीमाथि पनि गम्भिर आरोप लगाएका छन् । अदालतमा प्रहरीले पेश गरेका विभिन्न कागजातहरुमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप लगाएका छन् ।

पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले भने उनीहरुको बयान फेर्नुलाई षडयन्त्रको रुपमा ब्याख्या गरेकी छिन् । ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको उनले टिप्पणी गरेकी छन् ।

बालिकाले यसअघि प्रहरीसँग दिएको बयानमा भने पल शाहले विवाहको प्रलोभन देखाएर आफूमाथि पटकपटक बलात्कार गरेको बताएकी थिइन् । अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् ।

उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि शाहले गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै उनी बालिकाले जाहेरी दिएकी थिईन। 

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै जिल्ला अदालतमा मुद्दा दायर भएको छ। दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। 
 

पल शाह

विशेष