News

‘अर्थमन्त्रीले फुकुवा गर्न निर्देशन दिएको ४० करोड ठगी र राजस्व छलीबाट आर्जित’ 

‘अर्थमन्त्रीले फुकुवा गर्न निर्देशन दिएको ४० करोड ठगी र राजस्व छलीबाट आर्जित’ 

अमेरिकाबाट शंकास्पद रुपमा भित्रिएको र अर्थमन्त्री जनार्दन शर्माले लिखित रुपमा फुकुवा गर्न निर्देशन दिएको ४० करोड रुपैयाँ ‘कम्प्यूटर ह्याक गरी ठगीजन्य क्रियाकलाप र राजस्व छली लगायतबाट आर्जित’ भएको पाईएको छ।

अछामको बान्नीगढी जयगढ घर भएका ब्यापारी पृथ्वीबहादुर शाह र परिवारको खातामा दुई महिनाअघि विदेशबाट करिब ४० करोड रुपैयाँ आएको थियो। उक्त पैसा शंकास्पद देखिएपछि राष्ट्र बैंकले रोक्का गरेर राखेको छ। 

नेपाल राष्ट्र बैंक उच्च स्रोतका अनुसार उक्त रकम ‘कम्प्यूटर ह्याक गरी ठगीजन्य क्रियाकलापबाट आर्जित’ हो । वित्तीय शुद्धिकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले उक्त रकम भुक्तानी रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले गरेको पत्राचारका आधारमा रकम रोक्का भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि शाहको सम्पत्तिको स्रोतमाथि शंका व्यक्त गर्दै आपराधिक क्रियाकलापबाट आर्जित लाभ हुनसक्ने जवाफ लेखेको थियो । उसले शाहको कारोबारमाथि प्रश्न उठाउदै उक्त रकम राजस्व छली, सम्पत्ति शुद्धिकरण, ठगी लगायतका क्रियाकलापबाट आर्जित आपराधिक लाभ हुनसक्ने भएकाले आफूले अनुसन्धान गरेको उल्लेख गरेको छ।

रकम रोक्का भएपपछि पृथ्वीबहादुर शाहले अर्थमन्त्री जनार्दन शर्मालाई निवेदन लेख्दै रकम फुकुवाको पहल गरिदिन अनुरोध गरेका थिए । जवाफमा अर्थमन्त्री शर्माले राष्ट्र बैंकमा पत्र नै पठाएर रकम फिर्ताका लागि दबाव दिएका थिए । त्यही विवाद वढ्दै गएपछि सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति बनाएर उनलाई निलम्बन गरेको थियो।

मन्त्रीको दबाव अस्वीकार गरेको र सूचना बाहिर चुहाएको आरोपमा अर्थमन्त्री शर्माले मन्त्रिपरिषदबाट गभर्नर अधिकारीलाई निलम्बन गराएका थिए । अधिकारी प्रकरणमा मन्त्री परिषदले गठन गरेको छानविन समितिको संयोजक समेत मन्त्री शर्माकै दाजु पुरुषोत्तम भण्डारीलाई वनाईएको छ। रुकुमका शर्मा र जाजरकोटका भण्डारीका हजुरआमाहरु साखै दिदीवहिनी हुन् । शर्माले भण्डारीलाई दाजु भन्ने गरेका छन् । 

शाहले अमेरिकाको न्यूयोर्कस्थित स्टाण्डर्ड चार्टर बैंकबाट व्यापारिक लगानीका लागि भन्दै चैत १८ गते स्विफ्ट गरेर उक्त रकम नेपाल पठाईएका पाईउको छ। उक्त रकम ठगीजन्य क्रियाकलापबाट आर्जित रकम भएकाले फिर्ता गरिदिन उक्त बैंकले नेपालमा अनुरोध गरेको थियो।

राष्ट्र बैंक स्रोतका अनुसार ठगीजन्य भनिएको उक्त कारोबारमा अछामका पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम शाह, उनीहरुको कम्पनीमा काम गर्ने भनिएका लक्ष्मण रेग्मी लगायतको नाम छ । 

यो पनि,

पृथ्वीबहादुर शाह ४० करोड

विशेष