News राजनीति

कांग्रेसीको दुःख– अघिपछि कांग्रेस, भोटको दिन माओवादी !

कांग्रेसीको दुःख– अघिपछि कांग्रेस, भोटको दिन माओवादी !

कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै दलालसँग ७० करोड कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि पद गुमाएका तत्कालिन सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटा बेलावखत बोलिकै कारण चर्चामा आउँछन्।

उनको सिधा र छुद्र बोलिका कारण सामाजिक सञ्जालमा चर्चा हुने गर्छ। चुनावको मुखमा शुक्रवार उनले सामाजिक सञ्जालमा पोष्ट गरेको स्ट्याटसले उनी फेरी चर्चामा छन्। फेसवुकमा उनले नेपाली कांग्रेसको राजनीतिलाई गिजोलेका छन्।

‘चितवन कांग्रेसका दुःख पनि कम्ता छैनन, अघिपछि उनीहरु सधैं कांग्रेस हुन पर्ने तर जुन दिन रुखलाई मतदान गर्नु पर्ने सो दिन उनीहरुले माओवादी बन्नै पर्ने !’ भन्दै उनले कांग्रेसी राजनीतिको धज्जी उडाएका छन् ।

त्यसैपनि चितवनका कांग्रेसीहरु आफनै पार्टी सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालप्रति रुष्ट छन्। माओवादीका लागि देउवाले चितवनको कांगे्रस राजनीति सिद्याएको उनीहरुले आरोप लगाउँदै आएका छन् ।

चुनावी तालमेलका नाममा ०७४ सालको स्थानीय तह निर्वाचनमा रेणु र संसदिय निर्वाचनमा प्रचण्डलाई भोट हालेका कांग्रेसीजन यस पटक कुनै हालतमा माओवादीलाई सघाउन नहुने जिद्दि गर्दै आएका छन् ।

तर, सभापति देउवा भने चितवनमा यस पटक पनि माओवादीलाई सहयोग गरेर आफनो राजनीति सुरक्षित गर्न चाहान्छन् । चितवनमा डा. शेखर कोईराला समर्थक कांग्रेसको वाहुल्यताका कारण उनलाई त्यहाँको कांग्रेस राजनीतिसँग उति साह्रो लिनुदिनु पनि छैन। त्यसैले पनि उनले चितवन दाहालका वावुछोरीलाई जिम्मा लगाएको कांग्रेसका स्थानीय  नेता कार्यकर्ता नै आरोप लगाउँछन् ।

यस्तो आरोप प्रत्यारोप चलिरहेको वेला बास्कोटाले कांग्रेसमा नुनचुक छर्किने काम गरेका छन्। चुनावको मुखैमा उनको यो स्ट्याटसले स्थानीय कांग्रेसीजनामा माओवादी र देउवाप्रति थप आक्रोश उत्पन्न हुने जानकारहरु वताउँछन् ।

यो पनि,

गोकुलप्रसाद बाँस्कोटा

विशेष