News

प्रधानमन्त्री भारत प्रस्थान, किन सार्वजनिक गरेनन भ्रमणका एजेण्डा ?

प्रधानमन्त्री भारत प्रस्थान, किन सार्वजनिक गरेनन भ्रमणका एजेण्डा ?

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रवार चार मन्त्रीसहित भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । 

प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत विमानस्थल पुगेका थिए । भारत प्रस्थान गर्नुअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो ।

उनी भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्नेछन् ।

प्रधानमन्त्री देउवासँग आजै भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने र नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने र सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । आइतबार बनारसको भ्रमण गर्ने कार्यक्रम छ। देउवा सोही दिन स्वदेश फर्किने छन्।

देउवा जम्बो टोलीसहित भारतको औपचारिक भ्रमण गएका हुन । यसअघि नै भारत जान हतारिएका देउवालाई आज मात्रै सारित जुरेको हो । उनी आफ्ना नेता, कार्यकर्ता, पत्रकार, व्यवसायी, विभिन्न मन्त्रालयका कर्मचारीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका हुन ।

नभई नहुने केही प्रतिनिधिहरु लिएर जाँदा पनि हुनेमा देउवा पूरानै शक्तिमा ठूलो टोली लिएर गएका हुन । पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो भारत भ्रमण हो । देउवाले आफ्नो भ्रमणका एजेण्डाहरु सार्वजनिक गरेका छैनन् । कतै देउवाले फेरि पनि महाकाली सन्धी जस्तो कुनै विवादास्पद र असमान सन्धी सम्झौता गरिदिएर आउने हुन की ? भन्ने कुराले पनि नेपालीहरु चिन्तित छन् । 

भारत बसाइको क्रममा देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतसँग मुख्य समस्याको रुपमा रहेको सीमा विवाद, चर्को व्यापार घाटा छन् । 

यस्तो छ प्रधानमन्त्री देउवाको भ्रमण तालिका


 

शेरबहादुर देउवा

विशेष