News

बुङ्गलमा माओवादी एक्लै भिड्दै, मेयरमा गौरव र उपमेयरमा छाया सिहं सिफारिस 

बुङ्गलमा माओवादी एक्लै भिड्दै, मेयरमा गौरव र उपमेयरमा छाया सिहं सिफारिस 

बझाङको बुङ्गल  नगरपालिकामा माओवादी केन्द्रले गठबन्धन विनानै मेयर उपमेयको उम्मेद्धार सिफारिस गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकबाट बुङ्गल  नगरपालिकाको मेयरमा हरि कुँवर (गौरब) र उपमेयरमा छाया सिंहलाई सिफारिस गरेको हो ।

बझाङका कुनैपनि स्थानिय तहमा ५ दलिय गठबन्धन बन्न सकेको छैन । पदहरुको बाँडफाँडमा भागवण्डा मिल्न नसक्दा बुङ्गल नगरपालिकामा माओवादी केन्द्रले एक्लै चुनावमा जाने निर्णय गरेको हो । 


मेयरका लागि सिफारिस भएका नेता कुँवर  गत स्थानीय तह निर्वाचनमा पनि माओवादीबाट बुङ्गल नगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए । ७४ सालको निर्वाचनमा बुङ्गल नगरपालिकामा  ५ हजार २ सय ५९ ल्याउँदै नेपाली काँग्रेसमा नेता धनबहादुर विस्ट मेयर बनेका थिए । बुङ्लगमा तत्कालिन निर्वाचनमा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो पार्टी बनेको थियो । 

उपमेयर सिफारिस छाया सिहं द्धन्द्धकालिन समयकी लडाकु हुन् । कम्युनिष्ट पारिवारिक पृष्ठभुमि भएकी सिहं  ०५८ सालदेखि तत्कालिन विद्रोही माओवादीले सुरु गरेको शशस्त्र द्धद्धमा सहभागि भएकी थिइन् । सिहं बझाङका कम्युनिस्ट संस्थापक नेता जयबहादुर खड्काकी नातिनी हुन् । जयबहादुर खड्काको २०५८ सालमा शाही सेनाले हत्या गरेपछि नेत्वृ सिंह माओवादी विद्रोहमा सामेल भएकी थिइन् । 


शनिवार बसेको नगर कमिटीको बैठकबाट नगरपालिकाका ११ वटै वडाको  उमेदवार हरुको सिफारिस गरिएको नगर सह इन्चार्ज अस्मित सिंहले जानकारी दिए ।

शुक्रबार बसेको माओवादी केन्द्र बुङ्गल नगरपालिका वडानं २ कमिटीको वैठकले सर्वसम्मत स्थानीय तहको निर्वाचनका लागि वडाका उम्मेदारको प्यानल सिफारिस गरेको हो । वैठकबाट विरे धामी अध्यक्षको लागि सिफारिस भएकाछन् । सदस्यमा हर्कबहादुर धामी, शैछाने धामी तथा महिला सदस्यमा गंगा धामी सिफारिस भएकाछन् । 
 

माओवादी केन्द्र बुङ्गल  नगरपालिका

विशेष