News

कसले गर्यो राप्रपाका अध्यक्षको घरमा तोडफोड ?

कसले गर्यो राप्रपाका अध्यक्षको घरमा तोडफोड ?

राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको राप्रपा नेपालले जनाएको छ ।

घर कसले तोडफोड गरेको हो भनेर अझैसम्म पत्ता लागेको छैन । अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले पहिचान गरी कानूनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।

उनले राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको भए त्यो अक्षम्य हुने प्रतिक्रिया दिएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको बताए ।

उनले आक्रमणको घोर भर्त्सना र निन्दा गरेका छन् ।

तोडफोडबाट घरका सीसा फुटेका छन् ।

घर तोडफोड

विशेष