News

छात्रामाथि फेरी शिक्षकको यौन दुर्ब्यवहार, विद्यालय तनावग्रस्त

छात्रामाथि फेरी शिक्षकको यौन दुर्ब्यवहार, विद्यालय तनावग्रस्त

पछिल्लो समय शिक्षकले छात्रालाई यौन दुर्ब्यवहार गरेका घट्ना सार्वजनिक भईरहेका छन् । लेटाङमा भएको घट्नापछि यस्तो घट्ना एकपछि अर्को गर्दैै वाहिर आउने क्रम जारी छ।

यसैक्रममा नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनले विद्यालय परिसर तनावग्रस्त भएको छ ।

कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालयमा तोडफोड गरेका छन् भने प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् । 

पक्राउ परेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएका छन्।  

विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीहरुलाई लाठिचार्ज गरेर तितरवितर बनाईएको श्रेष्ठले बताए । प्रहरीमाथि नै आक्रमण भएपछि थप सुरक्षाकर्मी मागिएको छ। 
 

विशेष