News

स्याङ्जाको वालिङका जीप दुर्घटना, मृतक बालकसहित ५ जनाकै सनाखत

स्याङ्जाको वालिङका जीप दुर्घटना, मृतक बालकसहित ५ जनाकै सनाखत

स्याङ्जाको वालिङमा आईतवार विहान जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित बिहान साढे १० बजे ग १ ज ७३९९ नम्बरकको जीप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर दाला, ४५ वर्षकी हिरा दाला, २५ वर्षकी शर्मिला सारु, उनका छोरा ६÷७ महिनाका बालक र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्सपेक्टर पदमराज थापाले जानकारी दिए । 

११ जना सवार जीप सडकबाट दुई सय मिटर तल खसेको हो। दुर्घटनामा घाइते ६ मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते ६ जनालाई नै उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ। 

जीप स्थानीय फिरफिरे स्कुल नजिकैको माथिल्लो सडकबाट खरबारीमा गुल्टिँदै तल्लो सडकमा बजारिएको थियो। दुर्घटनाको ४५ मिनेटपछि मात्रै उद्धारमा प्रहरी र स्थानीयबासी पुगेका थिए।


 

विशेष