सरकार विरुद्ध निलम्वित गभर्नरको एक्सन, रिट बोकेर सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका निलम्वित गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन्। बाट आफुलाई निलम्वन गर्ने सरकारको निर्णय विरुद्ध रिट निवेदन लिएर उनी सर्वोच्च पुगेका हुन ।
गत चैत २४ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो। राष्ट्र बैंकबाट सूचना चुहाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले छानबिन गर्न समिति गठन गरेपछि अधिकारी स्वतः निलम्बनमा परेका हुन्।
अधिकारी निलम्बनको लागि हाल पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति गठन गरिएको छ। समितिले हालसम्म सरकारलाई प्रतिवेदन बुझाएको छैन।