News

गठवन्धनको वैठक निस्कर्ष विहिन, खै त सहमति ?

गठवन्धनको वैठक निस्कर्ष विहिन, खै त सहमति ?

महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डा मिलाउन वसेका सत्ता गठवन्धनको वैठक विना निस्कर्ष सकिएको छ। सिट बाँडफाँडको विषयमा सहमति जुटाउन नसेपछि बैठक निष्कर्षविहीन अवस्थामै टुङ्गीएको हो।

नेताहरुले बैठक सकारात्मक भएको जिकिर गरेका छन्। तर, सकारात्मतर्फ गएको संकेत भने देखिएका छैनन्। वैठकमा कुनै ठोस सहमति भने नभएको नेताहरु बताउँछन्।

गठवन्धनको वैठक आईतवार देखि नै लगातार वसिरहेको छ। सोमवार विहान पनि वसेको वैठकबाट कुनै सहमति नहुने अवस्था देखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठवन्धन छोड्ने धम्कीसहितको पत्रकार सम्मेलन गरे।

त्यसपछि गठवन्धनको वैठकमा पुगेका दाहालले सोचे जस्तो भागवण्डामा सहमती जुटाउन सकेनन्।

बैठक मंगलबार पुनः बसेर सहमति जुटाउन प्रयास हुने बताइएको छ।
यो पनि,

प्रचण्ड रणनीतिः कांग्रेसलाई गलाउने, साना दललाई तर्साउने

विशेष