News

भारतको नयाँ सेनाध्यक्षमा मनोज पाण्डे नियुक्त हुँदै 

भारतको नयाँ सेनाध्यक्षमा मनोज पाण्डे नियुक्त हुँदै 

भारतको नयाँ सेनाध्यक्ष लेफ्टिनेन्ट जनरल मनोज पाण्डे बन्ने भएका छन्। सेना प्रमुख एमएम नरवणे यसै महिनाको अन्त्यमा अवकाशमा जाने भएपछि पाण्डेलाई सेनाध्यक्ष वनाउन लागिएको हो ।

पाण्डे सेनाको वर्तमान उपप्रमुख हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी सेनाको उच्च पदमा पुग्ने पहिलो इन्जिनियर हुन।

सरकारी स्रोतका अनुसार आगामी चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) को हुने भन्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय भइसकेको छैन। सीडीएस जनरल विपिन रावतको मृत्यु भएपछि उक्त पद रिक्त छ। गत वर्ष डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा परी उनको मृत्यु भएको हो ।

विशेष