News

महिलालाई नेतृत्वमा पुग्न गाउँमै अडचन, यसरी गरिन्छ षडयन्त्र

महिलालाई नेतृत्वमा पुग्न गाउँमै अडचन, यसरी गरिन्छ षडयन्त्र

मुलुकका अधिकांश राजनीतिक दलले आफनो विधानमा महिलाको सम्मानजनक प्रतिनिधित्वको ब्यवस्था गरेका छन् । विधानमा ५० प्रतिशत महिला प्रतिनिधित्वको गरिएको छ भने ५० प्रतिशत ब्यवस्था गर्न नसकेका दलहरुले पनि ३३ प्रतिशत आरक्षणको ब्यवस्था अनिवार्य गरेका छन् ।

तर, जव ब्यवहारमै महिलालाई अगाडि वढाउने बेला आउँछ, प्रतिनिधित्व र पहुँचको कुरा उठ्छ तव विधानमा भएको ब्यवस्थामाथि धावा बोलिन्छ र महिलाको कृयासिलताको जरै उखेल्ने प्रयास हुन्छ। अनेक हन्डर खाएर र काम देखाएर नेतृत्वमा पुग्ने आशा बोकेका महिलालाई समाजले नै बाधा उत्पन्न गर्छ ।

यो वास्तविक्ता आसन्न स्थानीय तह निर्वाचनमा पनि देखिएको छ । अधिकांश स्थानीय तहमा महिलालाई नेतृत्वमा पुग्न गाउँमै अडचन खडा गरिएको छ । स्थानीय कमिटिबाटै उनीहरुको नाममा विवाद श्रृजना गरिएको छ र पुरुषलाई नै अगाडि सारिएको छ। उदययपुरमा पाँच वटा दलले (सत्ता गठबन्धन) एक जनापनि महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छैन। ८ स्थानीय तहमा नेतृत्वका लागि सवै पुरुषको नाम सिफारिस भएको छ।

विपक्षी एमालेले भने बल्लबल्ल ३ महिलाको नाम कार्यकारी पदका लागि सिफारीस गरेको हो । गठवन्धनमा नेतृत्व चयनका क्रममा महिलालाई वडा कमिटिमै छेकियो । कतिपय स्थानीय तहका पार्टी कमिटिले बैठकै नवसी रातारात महिलाहरुको नाम काटेर पुरुषको नाम सिफारिस गरे। लिम्चुवुङ गाउँपालिकाको अध्यक्षको दावेदार रहेकी नेपाली काग्रेसकी रमिला राईको नामै सिफारीस भएन। उनी अहिले गाउँपालिकाको उपाध्यक्ष हुन। ‘गाउँपालिकाको प्रमुखमा मेरो दावी थियो, वडा कमिटिबाट सिफारीस पनि भएको हो’ उनले भनिन्–‘तर जिल्ला र क्षेत्रीय समितिमा नाम सिफारीस गर्दा मेरो नाम अटाएन। पुरुषकै मात्र नाम सिफारीस गरियो।’

काग्रेस लिम्चुवुङ गाउँ कमिटिले गाउँपालिका प्रमुखका लागि पुप्पलाल राईकोमात्रै नामा सिफारीस गरेको जिल्ला कमिटि सचिव मुरारी खडकाले वताए । ‘काग्रेसमा नगर÷गाउँपालिका प्रमुखका लागि एक जना पनि महिलाको नाम सिफारीस भएको छैन’ उनले भने, ‘लिम्चुवुङ गाउँपालिकाबाट रमिला राइको नाम आउने अपेक्षा थियो, तर गाउँ कमिटिले सिफारीस गरेन।’

नेकपा माओवादी केन्द्रमा प्रमुखका आकाक्षी नै नभएको प्रचारप्रसा विभाग प्रमुख गजेन्द्र राई बताउँछन् । उपप्रमुखमा धेरैले आकांक्षा राखेपनि प्रमुखका आकाक्षी नदेखिएको उनले वताए ।

नेकपा एमालेले भने ८ मध्ये ३ स्थानीय तहको प्रमुखका लागि महिलाको नाम सिफारिस गरेको छ। कटारी नगरपालिकामा भिमकुमारी राउत, त्रियुगा नगरपालिकामा गिता रेग्मी र वेलका नगरपालिकामा राजकुमारी चौधरीको नाम सिफारिस भएको एमाले उदयपुर इन्चार्ज मञ्जु चौधरीले वताइन । उनीहरु मध्ये राउत र चौधरी ०७४ को निर्वाचनमा निर्वाचित उपप्रमुख हुन । राउत कटारी नगरपालिका र चौधरी वेलका नगरपालिकामा उपप्रमुख छन । रेग्मी भने त्रियुगा नगरपालिकामा उपप्रमुखको उम्मेदावर भई काग्रेसकी देवि चौधरीसँग पराजीत भएकी थिइन ।

उनीहरु तीनै जनाको नाम जिल्ला कमिटिमा सिफारीस भएको छ। पालिका कमिटिको सिफारीका आधारमा जिल्ला कमिटिको वैठकले प्रदेश कमिटिलाई उम्मेदावारको नाम सिफारीस गर्ने उनले वताइन । सहमतिका आधारमा नाम सिफारीस हुने भएकाले उनीहरुको नाममा सहमति बन्न सक्ने उनको भनाई छ।

०७४ मै दावी, ०७९ मा सिफारिस
कटारी नगरपालिकाकी उपमेयर भिमकुमारी राउतले ०७४ सालकै स्थानीय तह निर्वाचनमा नगर प्रमुखको दावी गरेकी थिईन। त्यतिवेला पार्टीकै निर्णय मानेर उनले उपप्रमुखमा उम्मेदवारी दिईन र निर्वाचित पनि भईन।

अव राजनीतिक अनुभव र ५ बर्ष उपप्रमुख भएर गरेको कामको अनुभवका आधारमा पनि आफुले मेयरको टिकट पाउनु पर्ने उनको दावी छ। ‘पुरानो संगठित सदस्य भएको हिसावले पनि प्रमुखमा मेरो दावी स्वभाविक छ’ उनले भनिन्–‘उपमेयर भएर ५ वर्ष काम गरें, त्यसका अनुभवका आधारमा पनि म मेयरका लागि योग्य उम्मेदवार हो।’ 


आफनो लागि गाडी किन्ने पैसाले एम्वुलेन्स
०७४ को स्थानीय तह निर्वाचनपछि अधिकांश जनप्रतिनिधि ब्यक्तिगत सुविधाका लागि लडाई गरिरहेका थिए । कटारी नगरपालिकामा पनि मेयर÷उपमेरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरियो। तर, भिमकुमारीले भने आफनो लागि नयाँ गाडी किन्न छुट्याएको पैसाले एम्वुलेन्स खरिद गरिन र जनताको लागि स्वास्थ्य उपचारका लागि कटारी अस्पातलाई हस्तान्तरण गरिन।

उनको यो कामको देशब्यापी प्रसंसा भयो। कटारी नगर कार्यपालिकाको नगरसभामार्फत् उपप्रमुखको सुविधाका लागि सवारी साधन खरिद गर्न ४० लाख छुट्याईएको थियो। उनले ४० लाखमा १२ लाख रुपैँयाको एम्बुलेन्स खरिद गरिन र बाँकी २८ लाख रुपैँया अन्य विकास निर्माणका काममा लगाईन। २८ लाख मध्ये २४ लाख रुपैयाँ बेतेनीमा पर्यटन भवन निर्माणमा खर्च भएको थियो। 

स्थानीय तह निर्वाचन

विशेष