News

७० वर्षीया वृद्धा बलात्कार गर्ने २७ वर्षिय युवक पक्राउ

७० वर्षीया वृद्धा बलात्कार गर्ने २७ वर्षिय युवक पक्राउ

पाल्पाको तानसेनमा ७० वर्षीया वृद्धा बलात्कारमा परेको घट्ना सार्वजनिक भएको छ। 

गत शनिबार राति तानसेन नगरपालिका बस्दै आएकी वृद्धा बलात्कृत भएकी हुन। वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले रिब्दीकोट गाँउपालिका–४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनारलाई पक्राउ गरेको छ।

सुनारले ती वृद्ध महिलालाई मध्यराति भैरवस्थान मन्दिर नजिकै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 
 

विशेष