News विदेश

सरकार ढाल्न खोजेको भन्दै इमरान खानले किन लगाए अमेरिकालाई आरोप

सरकार ढाल्न खोजेको भन्दै इमरान खानले किन लगाए अमेरिकालाई आरोप

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विहिवार राष्ट्रको नाममा सम्वोधन गर्दै अमेरिकाले आफुलाई सत्ताच्युत गर्न खोजेको तर आफूले राजीनामा नदिने स्पष्ट पारे। उनले सम्वोधनका क्रममा ‘इमरान खानलाई सत्ता बाहिर गर्न एक विदेशी शक्ति’ लागि परेको बताएका थिए।

उनले यसो भन्दै गर्दा एक पटक अमेरिकाको नाम लिए तर पछि उनले आफ्नो वाक्यलाई सच्याउँदै अमेरिकाको सट्टा ‘बाहिरी शक्ति’ भनेका थिए। एक आधिकारिक पत्रको नाम लिएर इमरानले भनेका थिए, ‘उक्त पत्रमा इमरान खान सत्ताभन्दा बाहिर भए आफूहरुको सम्बन्ध बहाल हुने बताइएको थियो ।’

‘यो एक आधिकारिक दस्तावेज हो । जसमा भनिएको थियो – यदि इमरान खान प्रधानमन्त्री भइरहन्छन् भने हाम्रो तपाईंहरुसँगको सम्बन्ध थप खराब हुनेछ र तपाईंहरुले मुश्किल अवस्थाको सामना गर्नुपर्नेछ’– पत्रमा उल्लेखित ब्यहोरा उनले यसरी वताएका थिए ।

तर, अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने इमरानको कुरामा कुनै पनि सत्यता नभएको बताएका छन् । ‘पाकिस्तानमा जे पनि भइरहेको छ, हामीले त्यसमाथि नजिकबाट निगरानी गरिरहेका छौँ’ उनले भनेका छन्–‘हामी पाकिस्तानको संवैधानिक प्रक्रिया र कानुनको शासनको सम्मान र समर्थन गर्छौँ । तर जब यस्तो आरोपको कुरा आउँछ तब यसमा कुनै पनि सत्यता छैन ।’

पाकिस्तननमा इमरान खानको सरकारले विपक्षको अविश्वास प्रस्तावको सामना गरिरहेको छ। जसमाथि ३ अप्रिलमा मतदान हुँदैछ ।
 

पाकिस्तान इमरान खान

विशेष