News

नम्बर प्लेट निकालेर कारमा गाँजा तस्करी

नम्बर प्लेट निकालेर कारमा गाँजा तस्करी

विरगञ्जमा प्रहरीले गाँजा तस्करीमा संलग्न एउटा कार नियन्त्रणमा लिएको छ। नम्बर प्लेट नभएको कारको डिक्कीबाट ३० किलो गाँजा बरामद भएको छ ।

वीरगञ्ज महानगरपालिका २० स्थित हर्पतगञ्ज सडकखण्डबाट गाँजासहितको कार नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलको चेक प्वाईन्टभन्दा ५० मिटर अगाडिको सडकबाट गाँजा बरामद भएको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार चालक भने कार छाडेर फरार भएका छन् । सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको टोलीले शंका लागेर कार चेकजाँच गर्दा डिकीबाट १६ केजी र १४ केजीका दुई वटा पोकामा गाँजा फेला परेको हो । रातो प्लाष्टिकमा टेपले बेरेर राखिएको गाँजा र कार जिल्ला प्रहरी कार्यालयमा वुझाईएको छ।
 

गाँजा तस्करी

विशेष