News

बलात्कार पीडित भनिएकी गायिका पललाई बचाउन अदालतमै यसरी रोईन

बलात्कार पीडित भनिएकी गायिका पललाई बचाउन अदालतमै यसरी रोईन

करिव दुई महिनाअघि आफुमाथि अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले बलात्कार गरेको भन्दै हारगुहार गरेकी नाबालिग गायिकाले बयान फेरेपछि अहिले घट्नाले नयाँ मोड लिएको छ। पल शाह पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा छन्। तर, उनी रिहा हुने सम्भावना वढेको छ।

पीडित भनिएकी बालिकाले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा पल निर्दाेष रहेको तथा अरुको दबाब र प्रभावमा परेर बलात्कार अभियोग लगाएको मात्रै वताईनन्, उनी न्यायाधीशकै सामु रोएकी थिईन। बकपत्रका क्रममा पीडित भनिएकी बालिका रोएपछि त्यहाँको वातावरणै नै बेग्लै बनेको एक वकिलले वताए ।

बालिकाले आफूलाई पलले बलात्कार नगरेको, अरुको उक्साहट र दबाबमा मुद्दा हालेको बयान दिएपछि परिस्थिति फेरिएको छ। जाहेरीकर्ता उनका बुवाले समेत त्यस्तै खालको बयान दिएका छन्। 

पीडितले नै पल निर्दाेष रहेको बताएपछि उनीहरू पक्षका वकिल भने आश्चर्यचकित भएका छन्। पीडितलाई ‘होस्टाइल’ बनाइएको आशंका उनीहरूको छ। त्यस दिन बालिकाको हाउभाउ नै फरक देखिएको एक वकिल वताउँछन्। ‘केही फरक संकेत दिइरहेको थियो’ उनी भन्छन–‘नभन्दै पीडित बालिकाले अदालतमा पल निर्दाेष रहेको बताउँदै सबैलाई छक्क पारिन्।’

नाबालिग गायिकाले बयान फेरेपछि उनी पक्षबाट बहस गरिरहेकी अधिवक्ता मोहना अन्सारीले त ‘पुरुषार्थको विजय कसरी हुन्छ, आज साक्षी भइयो’ भन्दै कमेन्ट गरेकी छिन् । महिलालाई भइरहेका हिंसाविरुद्ध सक्रिय अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य हुन्।

अधिवक्ताहरुले यसलाई अस्वाभाविक ठानेका छन्। पीडितका पक्षमा लडिरेहका एक अधिवक्ताले पलको परिवारले बिहेको आश्वासन दिएपछि पीडितले बयान फेरेको दाबी गरेका छन्। उनका अनुसार पलकी बहिनीले पीडितलाई भेटेर दुई जनाको बिहे गराउने प्रतिबद्धता व्यक्त गरेपछि बयान परिवर्तन भएको हो।
 

विशेष